खोलामा टिपर धुँदा करेन्ट लागेर दुई जनाको मृत्यु | Khabarhub Khabarhub

खोलामा टिपर धुँदा करेन्ट लागेर दुई जनाको मृत्यु


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पूर्वी नवलपरासीको विनयी त्रिबेणी गाउँपालिका वडा नम्बर ३ स्थित खोलामा टिपर धुने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, मृत्यु हुनेमा स्याङ्जा सेखमका ३५ बर्षीय टिपर चालक भरत थापा र नवलपरासीको विनयी त्रिबेणी ५ ध्रुवकोट का सहचालक १७ बर्षीय आशिष विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी प्रहरी नायब उपरीक्षक एंवम सूचना अधिकारी मोहनबहादुर खाणले दिएको जानकारी अनुसार आज बिहान सवा नौ वजे विनयी त्रिवेणी ३ स्थित खोरन्डे खोलामा लु २ ख ४७४४ नम्बरको टिपर धुने क्रममा टिपरको पछाडिको भाग विधुत पोलको तारमा छुने जादा टिपरका चालक र सहचालकको घटनास्थलमा नै मृत्यु भएको हो।

दुर्घटना परी मृत्यु भएकाको मुचल्का उठाइ पोष्ट मार्टमका लागि पठाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ११ : ३८ बजे

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न एकीकृत समाजवादीको माग

सुर्खेत– नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले बाँके र बर्दियालाई

नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल

काठमाडौं– प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा

नीति तथा कार्यक्रम : शिक्षा क्षेत्रमा के भन्यो सरकारले ?

काठमाडौं– आज संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

साताको कार्टुन : ‘स्टन्ट’ गरेर देश बन्दैन !

काठमाडौं– यो साता सामाजिक सञ्जालमा एउटा वाक्यांश चर्चामा रह्यो–‘स्टन्ट गरेर

विद्यार्थीका लागि पढ्दै कमाउँदै नीति, अब सरकारी सेवामा इन्टर्न कर्मचारी खटाउने

काठमाडौं– विदेशमा जस्तै विद्यार्थीहरुको लागि ‘कमाउँदै–पढ्दै’ को नीति लागू हुने