कोरोना भाइरसको आयुर्वेदिक औषधि बनाएको बाबा रामदेवको दाबी « Khabarhub

कोरोना भाइरसको आयुर्वेदिक औषधि बनाएको बाबा रामदेवको दाबी


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- योग गुरु बाबा रामदेवले पतञ्जलीले कोरोना भाइरसको आयुर्वेदिक औषधि बनाउन सफल भएको दाबी गरेका छन्।

उनले आज पत्रकार सम्मेलन गरी कोरोना भाइरसको औषधि बनाएको दाबी गरेका हुन्।

“आज हामी यो भन पाउँदा गौरव अनुभव भएको छ। कोरोनाको पहिलो आयुर्वेदिक पतञ्जली रिसर्च सेन्टर र नेम्सको संयुक्त प्रयासमा तयार भएको छ,” बाबा रामदेवले भने, “यो इतिहासको ठूलो घटना हो।”

विश्‍वले कोरोना भाइरसको औषधि खोजीरहेका बेला कोरोना भाइरसको पहिलो आयुर्वेदिक औषधि तयार भइसकेको उनले दाबी गरेका हुन् । पतञ्जलीले तयार पारेको उक्त औषधिको नाम कोरोनिल राखिएको छ ।

पतञ्जलीले बनाएको उक्त औषधि बजारमा समेत किन्न सकिने जानकारी दिँदै बाबा रामदेवले भने, ‘आयूर्वेदको विधिबाट तयार पारिएको कोरोनिल आगामी सात दिनमा पतञ्‍जलीको स्टोरबाट पाउन सकिन्छ।’

पत्रकार सम्‍मेलनका क्रममा रामदेवले एलोपेथिक सिष्टमले अहिले औषधिलाई नेतृत्व गरिरहेको भए पनि पतञ्‍जलीले भने क्लिनिल कन्ट्रोलको अध्‍ययन गरेर औषधिको परीक्षण गरेको दाबी गरेका छन्।

कोरोनिलले स्वासप्रश्वास प्रणाली मजबुत बनाउनुको साथै रुघा र ज्वरो पनि ठिक पार्ने उनले जनाए। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ५ : ३६ बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि