वृक्षारोपण गरी ओलम्पिक दिवस मनाइयो | Khabarhub Khabarhub

वृक्षारोपण गरी ओलम्पिक दिवस मनाइयो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटिले कार्यालय प्राङ्गणमा रुद्राक्षको बोट रोपेको छ ।

ओलम्पिक कमिटिको कार्यालय सातदोबाटोमा रुद्राक्ष रोपेर दिवस मनाएको हो ।

विगतमा ओलम्पिक दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना हुँदै आए पनि यो वर्ष कोरोना महामारीका कारण कुनै कार्यक्रम आयोजना गर्न नपाइएको कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

कोरोनाका कारण विश्वभरी नै ओलम्पिकका कार्यक्रमहरु खुम्चिएको उल्लेख गर्दै उनले नेपाल ओलम्पिक कमिटिले कार्यालय प्राङ्गणमा रुद्राक्ष रोपेको र जुममार्फत अन्तर्कृया कार्यक्रम गरिएको बताए ।

सन् १८९४ मा आजकै दिन पेरिसको सोनबोनमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको स्थापना भएको दिनको सम्झनामा दिवस मनाउने गरिएको छ ।

दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना हुँदै आए पनि यो वर्ष कुनै ठूला कार्यक्रम आयोजना भएनन् । कोरोनाका कारण विश्वभरीका खेलाडीहरुले आफैं घरमा बसेर अनलाइन वर्क आउट गरेर दिवस मनाएका छन् ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : २२ बजे

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज समापन हुँदै 

काठमाडौं– नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज

एमाले केन्द्रीय सदस्य ढकालको प्रस्ताव : पार्टी एकताबद्ध राख्न ओली नेतृत्व अपरिहार्य

काठमाडौं– नेकपा (एमाले) का केन्द्रीय सदस्य भुमिश्वर ढकालले पार्टीलाई एकताबद्ध

बलिउडमा पारिश्रमिक असमानताबारे यस्तो भनछन आमिर खान

काठमाडौं– बलिउडमा कलाकारहरूबीचको पारिश्रमिक असमानता लामो समयदेखि बहसको विषय बनेको

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

राँझा– नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने