एजेन्डामै प्रवेश नगरी नेकपा स्थायी कमिटी बैठक स्थगित « Khabarhub

एजेन्डामै प्रवेश नगरी नेकपा स्थायी कमिटी बैठक स्थगित


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बैठकमा अध्यक्षद्वयले आफ्नो विचार राखेपछि अन्य एजेन्डामा प्रवेश गर्नेगरी बैठकका एजेन्डा तयार पारिएको थियो ।

बैठकमा एजेन्डा प्रस्तुत भएपछि शुक्रबार बस्नेगरी बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११:३० बाट सुरू भएको बैठक दिउँसो २:३० बजे स्थगित भएको हो ।

आजको बैठक सुरुवात मात्र भएकाले अध्यक्षद्वयले आफ्नो विचार राखेको र बैठकमा क्रमश छलफल अघि बढाइने नेता देव गुरुङले जानकारी दिए ।

बैठकको बारेमा जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तय गरेको एजेन्ड महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको जानकारी दिए ।

महासचिव पौडेलले बैठकका एजेन्डा सार्वजनिक गर्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका बारेमा धारणा राख्ने बताए ।

त्यस्तै सरकारको कामका बारेमा हुने समीक्षा पनि एजेन्डामा राखिएको जानकारी दिए ।

सरकारले गरेको काममध्ये कोविड १९ नियन्त्रण रोकथाम र उपचारका क्रममा सरकारले गरेको कामका बारेमा छलफल गर्ने एजेन्डा तय भएको छ ।

त्यस्तै नेपालको सीमा समस्या र समाधानका क्षेत्रमा भइरहेको कामका बारेमा पनि समीक्षा हुने एजेन्डा तय गरिएको छ ।

त्यस्तै बैठकमा पार्टी एकताका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल हुनेछ । बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसीका विषयमा पनि कुराकानी हुनेछ ।

बैठक फेरि शुक्रबार बस्नेछ ।

बैठकले तय गरेका एजेन्डा हेर्नुहोस् ।

Image may contain: text

प्रकाशित मिति : १० असार २०७७, बुधबार  २ : ५१ बजे

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र

सञ्चारमन्त्री खरेल पोखरामा

पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख