काठमाडौं उपत्यकामा थपिए २ जना कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए २ जना कोरोना संक्रमित


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेका हुन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँका १ र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।

काठमाडौँका संक्रमित पुरुष र भक्तपुरकी संक्रमित महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६८२८ आरटीपीसीआर परीक्षण गरिएकोमा ६२९ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा निको भएर घर फकनेमा ८ र पुरुष १०६ गरी ११४ जना रहेको प्रवक्ता गौतमले बताए।

योसँगै नेपालमा उपचारपछि १९७ र २ हजार १४१ गरी २ हजार ३३८ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म मृत्यु भएको २४ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ५ : ०१ बजे

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर