कोरोना मन्त्र : जहाँ भीड त्यहाँ कोभिड, नो भीड- नो कोभिड « Khabarhub

कोरोना मन्त्र : जहाँ भीड त्यहाँ कोभिड, नो भीड- नो कोभिड



१.कोरोना लाग्दैमा मृत्यु हुँदैन। ८५ % संक्रमितलाई थाहै नपाइ वा सामान्य लक्षण देखिएर आफैँ निको हुन्छ। १० प्रतिशतलाई लक्षण अनुसारको सामान्य उपचारले निको हुन्छ। ५ प्रतिशतलाई सघन उपचारको आवश्यक हुनसक्छ। २.५ प्रतिशत निको भएर घर फर्किन्छन्। बाँकी २.५ प्रतिशतलाई जोखिम हुनसक्छ।

२. उमेर र दीर्घरोग मात्र जोखिम बढाउने अवस्था हैनन्। दीर्घ मुटु, फोक्सो तथा किड्नीको रोग, औषधिबाट नियन्त्रण नभएका मधुमेह, उच्च रक्तचाप, दम तथा अटो इम्युन डिजिज भएका र उमेर बढी भएका व्यक्ति घरभित्र पनि आइसोलेसनमा बसेमा संक्रमण नहुन सक्छ।

३. अहिलेसम्म कोभिड निको गर्ने स्पेसिफिक औषधि बजारमा आएको छैन। १०० प्रतिशत ठिक हुन्छ भन्ने रामदेवको भनाइ गलत छ। सानो स्याम्पल साइजमा तथा युवा उमेरका संक्रमितमा गरिएको क्लिनिकल ट्रयालको रिपोर्टको कुनै अर्थ छैन।

० प्रतिशत मृत्युदर तथा ३ दिनमै ६९ प्रतिशत कोरोना फ्री भएको भन्ने कुरा गलत छ।​पतंजलीको औषधिमा मिसिएको गुर्जो, अश्वगन्धा तथा तुलसी नेपालमा जहाँपनि पाइन्छ।

यसले भाइरसलाई नष्ट गर्दैन। पतंजली व्यापारिक संस्था हो। उसका धेरै उत्पादन पछिल्लो समयमा गुणस्तरहीन छन्। हामीले कोरोनिल ट्याब्लेटले कोभिड निको हुन्छ भन्ने भ्रममा नपरौं।

​त्यस्तै कोभिड निको गर्छु भन्दै कसैले दावी गर्छ भने प्रमाणित नभएसम्म त्यस्ता कुरा विश्वास नगरौं। आफ्नै देशमा भएका जडिबुटी सेवन गरेर रोगसँग लड्ने क्षमता बढाउँ।

४. कोभिडविरुद्धको खोप १ महिनापछि तेस्रो फेजमा पुग्ने अमेरिकी वैज्ञानिक एन्थोनी फाउचीले बताएका छन्। यो २०२० भित्र खोप आउने विश्वास गरिएको छ। खोप नै यसको भरपर्दो समाधान हो।

५. तरकारी, फलफूल, खानेकुरा, पैसा आदिबाट सामान्य सतर्कता अपनाए कोरोना संक्रमण सर्दैन। यो रोग सर्न नदिनको लागि बन्द कोठामा संक्रमितसँग लामो समय कुरा नगर्ने, कार्यस्थलमा झ्याल-ढोका खोल्ने, भीडभाडमा नजाने, तथा आत्मबल बलियो बनाउने नै हो।

६. इम्युनिटी पावर बढाउन पोसिलो खाना खाने, व्यायाम गर्ने, पर्याप्त सुत्ने, घाम ताप्ने, सकारात्मक सोचको विकास गर्ने, चिन्ता नलिने, योग / ध्यान गर्ने गर्नुपर्दछ ।

७. डिजिटल डिस्टेन्स कायम गर्ने/ मिडियाको ब्रत लिने। आधिकारिक सूचना र विज्ञको सल्लाह सुन्ने बानी गर्ने । दिमागबाट कोरोना हटाउने। शारीरिक कोरोनाभन्दा मानसिक कोरोना धेरै घातक हुन्छ। शंका र अनावश्यक जिज्ञासा पाल्नु हुँदैन।

८. व्यवसायीले घाटा न्यूनीकरण गर्न वैकल्पिक पेशा अपनाउने। महँगो भाडा, ऋण तथा विविध खर्चलाई कटाएर तनावमुक्त हुने। रोजगारी गुमेका व्यक्तिले कृषिमा आफ्नो भविष्य हेर्ने।

९. लाख जना संक्रमित भएपनि तपाइँ संक्रमित नभएसम्म तनाब लिनुको अर्थ छैन। तपाइईँलाई संक्रमण भएपनि २-३ हप्तामा निको हुन्छ।| आफ्नो आन्तरिक क्षमतामा जहिले पनि विश्वास गर्नुपर्दछ।

१०. हामीले केहि वर्ष कोरोना भाइरससँगै बाँच्नु पर्ने हुनसक्छ। तसर्थ सरसफाई लगायत सुरक्षा विधि अपनाएर आफ्नो काम गर्नु बुद्धिमानी हुन्छ।| सहि तरिकाले नाक, मुख छोप्ने गरि मास्क लगाउने, ६ फिटको व्यक्तिगत दुरी जहाँ भएपनि कायम गर्ने र हात धोइरहने गर्दा यो रोग सर्दैन।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : २५ बजे

दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि

प्रधानमन्त्रीको सुन आर्जनको स्रोत के हो ? : आङ्देम्बे

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता

संविधानका आधारभूत संरचना यथावत राखेर संशोधन गर्नुपर्छ : हर्कराज राई

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत

नेपालमा हान्टाभाइरसको स्वास्थ्य जोखिम छैन : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा हान्टाभाइरस सम्बन्धी

हमासद्वारा गाजाको प्रशासनिक निकाय विघटन गर्ने निर्णय

गाजा – करिब दुई दशकदेखि गाजा पट्टीको प्रशासन सञ्चालन गर्दै आएको