ट्रम्पको समर्थनमा खोलिएको खाता ट्वीटरले गर्‍यो बन्द « Khabarhub

ट्रम्पको समर्थनमा खोलिएको खाता ट्वीटरले गर्‍यो बन्द


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – माइक्रो ब्लगिङ साइट ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा खोलिएको ट्वीटर खाता बन्द गरिदिएको छ ।

केही समयअघि फेसबूकले पनि डोनाल्ड ट्रम्पको चुनावी विज्ञापनलाई हटाएको थियो । फेसबूकले उक्त विज्ञापन आफ्नो नीतिअनुसार नभएको भन्दै हटाएको थियो ।

केही समयअघि ट्वीटरले पनि डोनाल्ड ट्रम्पको एक भिडियोलाई हटाइदिएको थियो । उक्त भिडियोमा तस्वीरहरु राखिएका थिए । ती भिडियोमा देखिएका व्यक्तिहरुले अनुमति नलिएको भन्दै उक्त भिडियोविरुद्ध रिपोर्ट गरेका थिए ।

लगत्तै ट्वीटरले भिडियो हटाएको थियो ।

हाल भने ट्वीटरले ट्रम्पको समर्थनमा खोलिएको ट्वीटर खाता नै बन्द गरेको छ । उक्त खाताबाट फेक प्रचार गर्न थालेपछि खाता नै बन्द गरिदिएको हो ।

उक्त खातामा समाचार संस्था सीएनएनको भन्दै एक भिडियो सार्वजनिक गरिएको थियो । सो भिडियो सीएनएनको आधिकारिक भिडियो भने थिएन ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ६ : २६ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द