उपाधि नजिक लिभरपुल « Khabarhub

उपाधि नजिक लिभरपुल


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले क्रिस्टल प्यालेसविरुद्ध फराकिलो जीत हात पारेको छ । बुधबार राति लिभरपुलले आफ्नो घरेलु मैदान एनफिल्डमा पाहुना टोली क्रिस्टल प्यालेसलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

जीतसँगै लिभरपुल उपाधिबाट दुई अंकले मात्रै पछि रहेको छ । पछिल्लो ३० वर्षमा लिगको उपाधि उचाल्न नसकेको लिभरपुल यो सिजनमा विजेता बन्ने लगभग पक्का भइसकेको छ ।

क्रिस्टलविरुद्धको खेलमा ट्रेन्ट एलेक्सजेन्डर अर्नोल्ड, मोहम्मद सलाह, फाविन्हो, सदियो मानेले समान एक–एक गोल गरेका थिए ।

क्रिस्टलविरुद्ध अर्नोल्डले २३, सलाहले ४४ औं मिनेटमा गोल गर्दै खेलको पहिलो हाफमा २–० गोलको अग्रता बनाउँदै टिमलाई सहज स्थितिमा पुर्‍याएका थिए ।

यस्तै, खेलको दोस्रो हाफको १० औं मिनेट अर्थात् खेलको ५५ औं मिनेटमा फाविन्होले टिमका लागि तेस्रो गोल गरेका थिए भने मानेले ६९ औं मिनेटमा गोल गरेका थिए ।

जीतसँगै लिभपुलले ३१ खेलबाट ८६ अंक जोडेको छ भने दोस्रो स्थानको म्यान्चेस्टर सिटीले ३० खेलबाट ६३ अंक जोडेको छ ।

दर्शकविना खेल्दा पनि आफ्ना खेलाडीले समर्थक रंगशालामा भएजस्तै जोशका साथ खेलेको लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले बताएका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ९ : ०२ बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको