अपडेट : सप्तरीमा चट्याङ लागेर चारको मृत्यु | Khabarhub Khabarhub

अपडेट : सप्तरीमा चट्याङ लागेर चारको मृत्यु


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा आज बिहान चट्याङ लागेर चार जनाको ज्यान गएको छ ।

डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षिया ललितादेवी यादव, महादेवा गाउँपालिका-२ का ६० वर्षीय छेवी ठाकुर, सोही स्थानका २७ वर्षीय बेतन यादव र राजगढ गाउपालिका- ३ का केसीलाल साह मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले चट्याङ लागेर चार जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

केसीलाल साहको उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर थप ३ जना घाइते भएका छन् ।

चट्याङ लागेर घाइते भएकी राजगढ गाउँपालिका-३ का  १८ वर्षीय आशा मण्डलको गजेन्द्रनारायण सिंह अस्पताल उपचार भइरहेको छ। राजगढ र महादेवाका अन्य २ घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ९ : ४७ बजे

कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम

अछाम– अछाम जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

हुम्ला– जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय

कसरी तोडियो कुलमानसँग सुदन, बालेन र सुमनाको सम्बन्ध ?

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर क्षेत्रको धानबालीमा क्षति

सिरहा– मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण सिरहामा करिब

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत– कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकीकरण गर्दै तरकारी उत्पादनमा गाउँपालिकालाई