विदेशी कैदीलाई पाल्दा सरकारको ७ करोड स्वाहा ! | Khabarhub Khabarhub

विदेशी कैदीलाई पाल्दा सरकारको ७ करोड स्वाहा !



काठमाडौं– बिकिनी किलरका नामले चिनिएका कुख्यात फ्रान्सेली अपराधी चाल्स शोभराज यति बेला नेपालमा जेल जीवन बिताइरहेका छन् । उमेरले ७० बर्ष नाघेका उनलाई १२ जना विदेशी नागरिक हत्याको अभियोग छ ।

अर्का विदेशी नागरिक हुन् पिटर जोन ड्यालग्लिस । संयुक्त राष्ट्र संघ (युएन)को विशिष्ट पदमा काम गरिसकेका क्यानेडियन नागरिक ड्यालग्लिस क्यानडामा पनि हाइप्रोफाईल व्यक्ति मानिन्छन् । तर, तीनै हाइप्रोफाइल व्यक्ति २०७४ चैत २४ गते मण्डन देउपुर काभ्रेबाट बाल यौन दुराचारीको आरोपमा समातिए । अहिले उनी काभ्रे जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् ।

चाल्स शोभराज र पिटर जोन ड्यालग्लिस मात्र होइन, गत माघ ५ गते बेलायती नागरिक इयान रोवट कोल पनि बालयौन दुराचारको आरोपमा समातिए । अहिले उनले पनि जेल जीवन बिताइरहेका छन् । विभिन्न आपराधिक क्रियाकलपामा संलग्न भएर नेपाली जेलमा रहेका यी तीन व्यक्ति प्रतिनिधि पात्र हुन । अहिने नेपालको जेलमा १ हजार १ सय २५ जना विदेशी कैदी बन्दी छन् ।

विभिन्न अपराधमा संलग्न उनीहरु नेपालका ७४ कारागार र ३ बाल सुधार गृहमा रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । नेपाली जेलमा बस्ने कैदीबन्दीको संख्यो २० हजार ८ सय ७२ छ ।

विभागका महानिर्देशक हरिप्रसाद मैनालीका अनुसार, सवैभन्दा बढी २ सय ९ जना विदेशी कैदीबन्दी काठमाडौंको सुनधारास्थित जगन्नाथदेव कारागारमा छन् । त्यस्तै पर्सा, झापा, मोरङ, सुनसरी, ललितपुर, कैलालीलगायतका ३४ वटा कारागारमा विदेशी कैदीले जेलजीवन भोगिरहेका छन् ।

कुन कारागारमा कति विदेशी कैदीबन्दी ?
 काठमाडौं जगन्नाथदेव कारागार – २०९ जना
 पर्सा जिल्ला कारागार – १९८ जना
 झापा जिल्ला कारागार – ९३ जना
 क्षेत्रीय कारागार सुनसरी, झुम्का – ८१ जना
 ललितपुर नख्खु कारागार – ८१ जना
 मकवानपुर जिल्ला कारागार – ५३ जना
 बा“के जिल्ला कारागार – ५२ जना
 मोरङ जिल्ला कारागार – ४४ जना
 कैलाली जिल्ला कारागार – ३२ जना
 डिल्लीबजार जिल्ला कारागार – २७ जना
 महोत्तरी जिल्ला कारागार – २६ जना
 कास्की जिल्ला कारागार – २६ जना
 रौतहट जिल्ला कारागार – २३ जना
 रामेछाप जिल्ला कारागार – २३ जना
 रुपन्देही जिल्ला कारागार – २० जना
 चितवन जिल्ला कारागार – १९ जना
 कञ्चनपुर जिल्ला कारागार – १६ जना
 सप्तरी जिल्ला कारागार – १४ जना
 कपिलवस्तु जिल्ला कारागार – १३ जना
 नवलपरासी जिल्ला कारागार – १३ जना
 पाल्पा जिल्ला कारागार – १२ जना
 अन्य – ५७ जना
जम्मा – ११२५

स्रोत कारागार व्यवस्थापन विभाग

भारतीय कैदी धेरै

नेपाली जेलमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा धेरै भारतीय रहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीले बताए । कारगारमा रहने कैदी मध्ये चिनियाँ नागरिकको संख्या दोस्रो स्थानमा छ ।

नेपालमा पक्राउ पर्नेमा अधिकांश लागूऔषध कारोबारमा संलग्नहरु छन् । केही यौन दूराचारी पनि रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार, कारागारमा रहेका कैदीमध्ये पाकिस्तानी र भारतीय नागरिक जालिनोट, नागरिकता तथा राहदानी कीर्ते साथै लागूऔषध ओसारपसारमा संलग्न अभियुक्त हुन् ।

यस्तै अफ्रिकी र युरोपेली मूलका कैदीहरू लागुऔषध कारोबार तथा कीर्ते राहदानीमा मुद्दामा संलग्न छन् ।

नियम अनुसार, नेपालमा आएर गैरकानूनी गतिविधि गर्ने विदेशी नागरिकले नेपालकै कानूनअनुसार सजायको भागिदार हुनुपर्छ । कैद भुक्तानपछि भने राहदानी लाग्ने मुलुकका कैदीलाई नेपालस्थित सम्बन्धित देशका राजदूतावासमार्फत आफ्नो देश फिर्ता पठाउन सकिने प्रावधान छ ।

विदेशी कैदी पाल्दा वार्षिक ७ करोड स्वाहा ! 

अहिले सरकारले जेल जीवन बिताईरहेका कैदीबन्दीलाई दैनिक ७ सय ग्राम चामल र ६० रुपैया“ पैसा दिंदै आएको छ । यस बाहेक दशैं खर्च, सुत्केरी खर्च, लत्ताकपडा, औषधी उपचारलगायत पनि कैदीले पाउँछन् ।

१ जना कैदीबन्दी बापद् औषत रुपमा मासिक ५ हजार रुपैयाँ खर्च हुने कारागार व्यवस्थापन विभागले जनाएको छ । विभागकै तथ्यांकलाई आधार मान्दा कारागारमा रहेका कैदीको रासन र भक्ता बापत मासिक ५६ लाख २५ हजार रुपैयाँ खर्च हुन्छ । जुन रकम वार्षीक रुपमा ६ करोड ७५ लाख रुपैयाँभन्दा बढी हुन्छ । योसँगका अन्य भैपरी खर्च हेर्दा ७ करोड बढी रकम विदेशी कैदीबन्दीका नाममा खर्च भइरहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ८ : १० बजे

जम्मू–कश्मीर हमलाका आतङ्ककारीबारे सूचना दिनेलाई २० लाख पुरस्कार

काठमाडौं – जम्मू कश्मीरस्थित पहलगाममा २७ जना पर्यटक मारिने गरी

राजावादीको फोटो राख्दै नेता भट्टराईले लेखे : लोकतन्त्र दिवसमा उपस्थित जनसागर

काठमाडौं – नेकपा एमालेका नेता राजन भट्टराईले बिहीबार एमालेले भृकुटीमण्डपमा

अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा

सुनसरी – सुनसरीको बराहक्षेत्र–१ स्थित सप्तकोशी नदीमा बगेर बेपत्ता भएका

आवासीय चिकित्सक भन्छन्ः १९ हजार तलबले के गर्ने ?

काठमाडाैं – जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा आवासीय डेन्टल चिकित्सक डेन्टल

सरकार र आन्दोलित शिक्षकलाई सर्वोच्चले भनेको के हो ? (आदेशसहित)

काठमाडौं – सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरुलाई तीन दिनभित्र विद्यालय फर्कने