पछिल्लो २४ घण्टामा ३१२ ले जिते कोरोना संक्रमण « Khabarhub

पछिल्लो २४ घण्टामा ३१२ ले जिते कोरोना संक्रमण


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप ३१२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार ६५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमध्ये १९ जना महिला र  २९३ पुरुष रहेका छन् ।

कुन कुन आइसोलेनबाट कति जना डिस्चार्ज भए ?

पछिल्लो २४ घण्टामा कोरोना निको भएर ३१२ जना घर फर्किएका छन् । जसमा जलेश्वर अस्पताल महोत्तरीबाट २१ जना पुरुष, दुल्लु अस्पतालबाट २ महिला र ५ पुरुष गरी ७ जना कोरोना निको भएर घर फर्किएका छन् ।

त्यसैगरी, गौरिशंखर अस्पताल रौतहटबाट ३ महिला र ७७ पुरुष, अल्पाइन अस्पताल सर्लाहीबाट ६९ पुरुष, सशस्त्र प्रहरीको कोभिड अस्पताल बलम्बुबाट १ पुरुष, त्रिवि शिक्षण अस्पतालबाट २ पुरुष, आइसोलेन सेन्टर खजुरा बाँकेबाट २ महिला र ४ पुरुष, बर्दियाबाट २ महिला कोरोना निको भएर घर फर्किएका छन् ।

आइसोलेन सेन्टर वनकटुवा बाँकेबाट ३ पुरुष, आइसोलेन सेन्टर राप्ती सोनारी बाँकेबाट १ महिला र १० पुरुष, आइसोलेन सेन्टर पिपरी कोहलपुर बाँकेबाट ६ पुरुष, लाइन्स डेन्टल आइसोलेन सेन्टर बाँकेबाट ६ पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट ३ महिला र २० पुरुष  संक्रमणमुक्त भइ डिस्चार्ज भएका हुन् ।

यस्तै प्रादेशिक अस्पताल जनकपुरबाट ४ जना पुरुष, साइकृष्ण आइसोलेन सेन्टर सप्तरीबाट ३ महिला र १३ पुरुष, सपही आइसोलेन सेन्टर धनुषाबाट ३ महिला र ४२ पुरुष, सिरहाबाट १ पुरुष रहेकाे प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै विहीबार थप  ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ४ : ३३ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान