कालिकोटमा फौजी किराको प्रकोप बढेपछि किसान चिन्तित « Khabarhub

कालिकोटमा फौजी किराको प्रकोप बढेपछि किसान चिन्तित


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट- अन्नबाली लगाउन शुरु गरेलगत्तै फौजी किराको प्रकोप बढ्न थालेपछि कालिकोटका किसान चिन्तित बनेका छन् ।

गत वर्षदेखि मकैवालीमा देखा पर्न थालेको यो किरा अहिले झनै विस्तारभएपछि उनीहरु चिन्तित बनेका हुन् । पछिल्लो समय मकैबाली, कोदोखेती, धानबालीमा समेत फौजी किराको प्रकोप देखिन थालेको किसानहरुले बताएका छन् ।

फौजी किराको प्रकोप जिल्लाभरि फैलिएको र त्यसको नियन्त्रणका लागि कृषि विकास कार्यालय कालिकोटले पहल चालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अमेरिकन फौजी किराको नियन्त्रणका लागि विषादी खरिद गर्ने प्रयास थालिएको कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले जानकारी दिए ।

“कीराको बिगबिगी बढ्दै जाँदा किसानहरु चिन्तित भएका छन्”, उनले भने, “आफ्नो खेतबारीमा लगाएको अन्नबाली किराले नष्ट गरेपछि उनीहरुले कृषि विकास कार्यालयमा सम्पर्क गरेका छन् ।”

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ११ : १६ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान