ब्राजिलमा कोरोनाले एकैदिन १ हजार बढीको मृत्यु, ४० हजार बढी थपिए « Khabarhub

ब्राजिलमा कोरोनाले एकैदिन १ हजार बढीको मृत्यु, ४० हजार बढी थपिए


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  ब्राजिलमा पछिल्लो २४ घण्टामा ४० हजार ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार विहान यो समाचार तयार पार्दासम्म ब्राजिलमा ५५ हजार ५४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

हालसम्म १२ लाख ३३ हजार १४७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ लाख ४९ हजार ९०८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै बितेको २४ घण्टामा थप १ हजार १८० जनाको  कोरोनाले ज्यान गएको छ । संक्रमितमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ४ लाख ९० हजार ९३३ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म ९६ लाख ९९ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ५२ लाख ५१  हजार १०९ जना कोरोनाको सफल उपचारपछि निको भएर घर फर्किएका छन्  ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ६ : ३६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना