लिभरपुललाई उपाधि दिलाएपछि प्रशिक्षक क्लोपको प्रतिक्रिया: कल्पना गरेभन्दा ठूलो सफलता « Khabarhub

लिभरपुललाई उपाधि दिलाएपछि प्रशिक्षक क्लोपको प्रतिक्रिया: कल्पना गरेभन्दा ठूलो सफलता


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्रिमियर लिग च्याम्पियन प्रशिक्षक योर्गन क्लोपले ‘कल्पना गरेको भन्दा बढी सफलता’ हासिल भएको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार बिहान चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गर्दा लिभरपुल यो सिजनको लिग च्याम्पियन लिभरपुल बनेको हो । लिगमा ७ खेल बाँकी हुँदा २३ अंकको स्पष्ट अग्रताले लिभरपुललाई उपाधि दिलाएको हो ।

३० वर्षदेखिको लिगमा उपाधिविहीन रहेको लिभरपुलका तीन दशकपछि उपाधि उचाल्न सफल प्रशिक्षक क्लोपले स्काइ स्पोर्ट्ससँगको कुराकानीमा भावुक हुँदै भनेका छन्, ‘मसँग कुनै शब्द छैन ।’

लिभरपुलले सन् १९८९–९० मा लिगको उपाधि उचालेको थियो । क्लबले ३० वर्षपछि उपाधि हात पारे पनि क्लोपले भने साढे चारवर्षमै उपाधि हात पारेका हुन् ।

‘यो सबैभन्दा उत्तम चीज हो, जुन मैले सोचेको र सपना देखेको थिएँ, यो अविश्वसनीय छ, मैले कहिल्यै पनि सम्भव हुन्छ भनेर सोचेको थिएन,’ अन्तर्वार्तामा लिभरपुलको जर्सी लगाएका जर्मन नागरिक प्रशिक्षक क्लोपले भने, ‘यो क्लबलाई च्याम्पियन बनाउँदा साँच्चिकै फरक महसुस भइरहेको छ ।’

‘मेरा खेलाडीबाट यो अविश्वसनीय सफलता हो र उनीहरुलाई प्रशिक्षण दिने प्रशिक्षकका हिसाबले मलाई आनन्द मिलेको छ,’ क्लोेपले भने ।

सन् २०१५ अक्टोबरमा लिभरपुलको प्रशिक्षकको जिम्मेवारीमा क्लोप आउँदा लिभरपुल लिगको शीर्ष औं स्थानमा थियो ।

अघिल्लो वर्ष च्याम्पियन्स लिग उपाधि दिलाएका प्रशिक्षक क्लोपले यो वर्ष ७ खेल बाँकी रहँदै टिमलाई च्याम्पियन बनाउन सफल भएका छन् ।

क्लोपकै कारण क्लबले च्याम्पियन यात्रा तय गरेको कप्तान जोर्डन ह्यान्डरसनले भनेका छन् ।

‘म उनमा फिदा भएको थिएँ । जब उनी पहिलोपटक हाम्रो क्लबमा आएका थिए,’ लिभरपुलका कप्तान ह्यान्डरसनले भने, ‘हामीले उनलाई पञ्छ्यायौं । उनलाई विश्वास गर्‍यौं । यो निकै रमाइलो यात्रा रह्यो । हामी अझै धेरै चाहन्छौं । हामीमा भोक छ । उनीसँग मिलेर अझै धेरै गर्न सकिन्छ ।’

प्रशिक्षक क्लोपबारे कप्तान हेन्डरसनले अगाडि भने, ‘हामी अहिले जहाँ आइपुगेका छौं । यो उनीविना सम्भव थिएन ।’

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : २५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको