क्लेर बनिन् एमसीसीको पहिलो महिला अध्यक्ष « Khabarhub

क्लेर बनिन् एमसीसीको पहिलो महिला अध्यक्ष


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इङ्ग्ल्यान्डकी पूर्व कप्तान क्लेर कोन्नोर मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को अध्यक्षमा चयन भएकी छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एमसीसीको २ सय ३३ वर्ष लामो इतिहासमा क्लबको नेतृत्वमा पुग्ने पहिलो महिला क्लेर भएको उल्लेख गरेको छ ।

बुधबार भएको एमसीसीको वार्षिक साधारण सभाले क्लेरलाई नयाँ अध्यक्ष घोषणा गरेको हो । इङ्ग्ल्यान्डका लागि १ सय ११ अन्तर्राष्ट्रिय खेल खेलेकी अलराउण्डर क्लेरले १६ सय ४ रन बनाएकी थिइन् भने १ सय ४ विकेट हात पारेकी थिइन् ।

क्लेर सन् २००० देखि २००६ सम्म टिमको कप्तान रहेकी थिइन् । उनको नेतृत्वमा इङ्ग्ल्यान्डले २००५ मा एतिहासिक एसेज सिरिज जितेको थियो ।

नोबेल कोरोना भाइरस (कोभिड१९) ले गर्दा वर्तमान अध्यक्ष कुमार साङ्गाकाराको कार्यकाल सन् २०२१ को अक्टोबर सम्मका लागि थपिएको छ । अध्यक्ष घोषित क्लेर अक्टोबरपछि मात्रै नेतृत्वमा आउनेछिन् ।

क्लेर इङ्ग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डको महिला विभागको म्यानेजिङ डाइरेक्टरको कार्यभार सम्हालिसकेकी छिन् ।

क्लेरले एमसीसीको अध्यक्ष चुनिँदा खुशी लाग्नुको साथै सम्मान महसुस गरेको प्रतिक्रिया दिएकी छिन् । ‘एमसीसीको अध्यक्ष चयन हुँदा निकै सम्मान महसुस गरेकी छु । क्रिकेटले मेरो जीवनमा ठूलो स्थान पाइसकेको छ र अब मेरो हातमा यो अवसर पनि आएको छ,’ क्लेरलाई उद्धत गर्दै आईसीसीले लेखेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : ४५ बजे

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना

जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग

बर्लिन – जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले आइतबार इरानका समकक्षी अब्बास

१५ हजार करोड भन्दा बढीमा बिक्यो राजस्थान रोयल्स

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको चर्चित फ्रेन्चाइजी राजस्थान

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश