निर्माता वाग्लेको कलाकारलाई जवाफ– सबै निर्मातालाई एउटै भाँडामा राखेर अभिव्यक्ति नदिनुस् | Khabarhub Khabarhub

निर्माता वाग्लेको कलाकारलाई जवाफ– सबै निर्मातालाई एउटै भाँडामा राखेर अभिव्यक्ति नदिनुस्


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंह राजपुतले झुण्डिएर आत्महत्या गरेपछि बलिउडमा नातावादको बहस शुरु भयो । नेपालमा पनि त्यसको हावाले छोयो । केही दिन नेपाली सेलिब्रेटीले नातावादबारे बहस गरे ।

केही दिनमै उक्त बहस नातावादबाट निर्माताले पारिश्रमिक नदिएको तर्फ मोडियो । नेपालका कैयन् कलाकारले आफूहरुले पारिश्रमिक नपाएको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

त्यसो त निर्माताहरुले कलाकारलाई पारिश्रमिक दिएको गुनासो मिडियामा पटकपटक आइरहन्छ । यसपटक पनि केही कलाकारले आफूले पारिश्रमिक नपाएको गुनासो गरिरहेका छन् ।

यसैबीच फिल्म निर्माता माधव वाग्लेले सबै निर्मातालाई एउटै भाँडामा राखेर तुलना नगर्न आह्वान गरेका छन् । उनले कलाकारलाई अनर्गल प्रचार र मिडियाबाजी गर्नुको साटो बहस गर्न अनुरोध समेत गरेका छन् ।

‘एकाध निर्माता खराब छन् भन्दैमा सबै निर्माता खराब हुन्छन् र?,’ वाग्ले भन्छन्, ‘हामीकहाँ यस्ता कैयौं उदाहरण छन्, जहाँ चल्तीका व्यवसायिक कलाकारहरुले उचित पारिश्रमिक लिएर पनि व्यवसायिक भूमिका निर्वाह नगर्ने, एउटा सिनेमाको सेडअल मिलाएर अर्कोमा गैदिने, पारिश्रमिक लिएर फोन अफ गरेर बस्ने गर्छन् ।’

उनले कलाकार–निर्माताले आरोप प्रत्यारोप गर्नुभन्दा समस्याको चंगुलबाट समाधानको उपाय खोज्न सुझाव दिएका छन् । ‘यदि निर्माता खराब छ भने दसी प्रमाणसहित सार्वजनिक गर्नुहोस्, त्यो तपाईंको अधिकारको कुरा हो, तर तपाईंले पनि व्यवसायिकताको आधारभूत सिद्धान्तलाई कमसेकम पालना गर्नुपर्छ,’ उनी भन्छन् ।

यस्तो छ वाग्लेको भनाइः

पछिल्लो केही दिनयता नेपाली कलाकारहरुले आफूले पाउनु पर्ने पारिश्रमिक नपाइरहेको कूरालाई बेजोडका साथ आवाज उठाइरहेका छन् । बेलामौकामा निर्माताबाट पारिश्रमिक नपाएको गुनासाहरु सुन्नमा आइरहन्छन् तर  यी मौकामा यस्ता मुद्दाहरु त्यसै सेलाएर जान्छन् यानिकी मौसमी बाजा जस्तो ।

समस्याहरु हर क्षेत्रमा हुन्छन् । चलचित्र क्षेत्रत यसबाट अछुतो हुनै कुरैभएन । अब यसको उपाय के? अनर्गल प्रचार? मिडिया बाजी? यसले समस्या समाधान हुन्छ? की निर्माता र कलाकारको दूरी अझ बढाउछ? एउटा, दुइटा निर्माता खराब छ भन्दैमा सबै निर्माता खराब हुन्छन् ?

हामी कहाँ यस्ता कयौँ उदाहरण छन् जाहाँ चल्तिका व्यवसायिक कलाकारहरुले उचित पारिश्रमिक लिएर पनि व्यवसायीक भूमिका निर्वाहा नगर्ने, एउटा सिनेमाको लागि सेडियुल मिलाएर अर्कोमा गैदिने, पारिश्रमिक लिएर फोन अफ गरेर बसिदिने आदि । तसर्थ यो समय एकअर्का विरूद्धमा आरोप प्रत्यारोपमा उभिने समय हैन्।

समस्याको समाधान खोज्ने हामी चलचित्रकर्मीले नै हो । यदि निर्माताबाट कलाकार पीडित भएको छ भने नेपाल चलचित्र निर्माता संघ, कलाकार संघ छ । पहिले त्यहाँ उजुरी दिए भै गयो नि ।

त्यहाँबाट पनि समस्याको समाधान भएन भने कानूनी प्रक्रिया अवलम्बन गरे भैगयो ।

फेरि पनि भन्छु समस्याको चंगुलबाट समाधानको उपाय खोज्ने हामी चलचित्रकर्मीले नै हो । स्मरण रहोस्, तपाई कलाकारहरुले  व्यक्तिगत जीवनमा जेजस्तो सफलताहरु प्राप्त गर्नुभयो त्यसको स्रोत यहि चलचित्र क्षेत्र नै हो र देन निश्चय नै चलचित्र निर्माताहरु नै हुन् । तसर्थ सबै निर्माताहरुलाई एउटै भाँडामा राखेर मिडियामा अभिव्यक्ति नदिएकै जाति । यस क्षेत्रमा सबै निर्माता खराब छन् भन्ने पनि हैन, सबै असल छन् भन्ने पनि हैन । यदि निर्माता खराब छ भने दसीप्रमाण सहित सार्वजनिक गर्नुहोस… त्यो तपाईको अधिकारको कुरा हो । तर तपाई कलाकारले पनि व्यवसायीकताको आधारभूत सिद्धान्तलाई कमसेकम पालना चै गर्नु पर्दछ ।

कानूनी राज्यमा बसेपछी चलचित्रमा अनूबन्धित हुँदा लिखित सम्झौता गर्नुपर्यो, सम्झौता अनूरूप राज्यले तोकेको कानूनी विधि पुरा गर्नु पर्यो, आफ्नो तर्फबाट सम्झौताको मर्म अनूरूप सिनेमा अवधिभर व्यवसायिकपन देखाउनु पर्‍यो । यति गर्नुहोस  ।अन्यायमा परेको तपाई कलाकारहरुको आवाजलाई मुखर बनाउन मजस्ता निर्माताहरु अगाडि आउनेछन् तर तपाई कलाकारहरुले तपाईहरु माथि गलत गर्नेको हुलिया चै सपाट रुपमा खुलाउनुपर्छ । नत्र तपाईहरुबाट मुखर हुने यस्ता अस्फुट अभिव्यक्तिको कोपभाजनमा चलचित्रकर्ममा आफ्नो जीवन समर्पण गरेका इमान्दार निर्माताहरु पर्नेछन् ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  २ : ४२ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी