युभेन्ट्सलाई ७ अंकको अग्रता « Khabarhub

युभेन्ट्सलाई ७ अंकको अग्रता


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिष्टियानो रोनाल्डोले गोल गरेको खेलमा युभेन्टसले लिक्सीविरुद्ध फराकिलो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा युभेन्टसले लिक्सीलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

जीतसँगै सिरी ए मा युभेन्ट्सले दोस्रो स्थानको लाजियो भन्दा ७ अंकको अग्रता बनाएको छ ।

खेलको ३१ औं मिनेटमा लिक्सीका फावियो लुसिवनीले युभेन्टसका खेलाडीमाथि फाउल गरेपछि उनले रातो कार्ड पाएका थिए । ३१ मिनेटदेखि नै लिक्सी १० खेलाडीमा सीमित भए ।

लिक्सीले युभेन्ट्ससँग पहिलो हाफसम्म भने गोलरहित बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा सम्हालिन नसक्दा ४ गोल खान पुग्यो ।

युभेन्ट्सको जीतमा पाउलो डिबेलाले खेलको ५३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने ६२ मिनेटमा रोनाल्डोले गोल गर्दै दोहोरो अग्रता बनाएका थिए ।

२–० ले अघि रहेको युभेन्ट्सका लागि गोन्जालो हिग्वीनले ८३ औं मिनेटमा गोल गरे भने म्याथिज डि लिग्टले ८५ औं मिनेटमा गोल गरेपछि लिक्सी ४–० ले पराजित हुन पुगेको हो ।

जितसँगै युभेन्ट्सले २८ खेलबाट ६९ अंक जोडेको छ भने पराजित लिक्सी २८ खेलबाट २५ अंकसहित अंक तालिकाको १८ औं स्थानमा छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ९ : ०१ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि