रुपन्देहीमा पनि देखियो सलह « Khabarhub

रुपन्देहीमा पनि देखियो सलह


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नम्बर ५ को रुपन्देहीमा पनि सहल देखिएको छ । कृषि उपसचिव डा. गंगादत्त आचार्यले बुटवलमा सलह भेटिएको बताए ।

आजै प्रदेश २ का विभिन्न जिल्लामा देखिएको सहल किरा प्रदेश ५ को रुपन्देहीमा पनि देखा परेको हो ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले हुलका हुल नभई फाट्टफुट्ट सलह कीरा आएको बताए ।

स्थानीयले खबर गरेपछि ती कीरा हेर्ने र सबै कीरा सलह हो होइन अनुसन्धान गर्ने काम थालेको उनले बताए ।

‘अहिलेसम्म समूहमा छैन फाट्टफूट्ट आएको छ,’ उनले भने, ‘कीट विज्ञहरुले अनुसन्धान गरिरहनु भएको छ ।’

दिउसो करिब एक बजे बुटवलको कालिकानगर, गोलपार्क, सुख्खानगर, रामनगर लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले प्रदेश सरकारका पदाधिकारी तथा विज्ञहरुलाई खबर गरेका थिए ।

यसैबीच सलह रौतहटमा पनि देखिएपछि किसान चिन्तित भएका छन् । लाखौं लाखको झुन्डमा हिँड्ने र जुनसुकै बालिनालीलाई पनि विनाश गर्नसक्ने सलह कीरा आज बिहान रौतहटको छुट्टाछुट्टै दुई पालिकामा देखिएको छ ।

जिल्लाको उत्तरीभेग चन्द्रपुर र गुजरा नगरक्षेत्रमा सलह किरा देखिएको हो । गुजरा नगरपालिका वडा ३ मा सलह किराको ठूलो झुन्ड देखिएको स्थानीय समाजसेवी शिव पराजुलीले जानकारी दिए ।

कृषि ज्ञानकेन्द्र रौतहटका प्रमुख जितेन्द्र झाले चन्द्रपुर २ मा पनि सलह किरा आएको बताएका छन् । ‘सलह कीरा शनिबार बिहान रौतहटमा पनि आएको छ । तर हालसम्म कुन स्थानीय तहमा आएको भन्ने यकिन भइसकेको छैन’ प्रमुख झाले बताए । यो किरा बारा, पर्सा र सर्लाहीको केही ठाउँमा पनि देखिएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ५ : २९ बजे

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको