सलह नियन्त्रणका लागि मुख्यमन्त्री पोखरेलले दिए ६ सुझाव | Khabarhub Khabarhub

सलह नियन्त्रणका लागि मुख्यमन्त्री पोखरेलले दिए ६ सुझाव


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सलह किराको नियन्त्रणका लागि विभिन्न ६ उपाय सुझाएका छन्।

नेपालमा सलह भित्रिएपछि किसान चिन्तित बनिरहेका बेला मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा सलह नियन्त्रणका लागि ६ सुझाव दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत दिएको सुझाव यस्ता छन्-

१. हुललाई तितरबितर पार्ने – आगो बाल्ने, धुवाँ उडाउने आदि।

२. प्राकृतिक सिकारीको प्रयोग (हाँस, माकुरा, छेपारो आदि) हाँसले प्रतिदिन दुई सय जतिको संख्यामा किरा खान्छ।

३. ध्वनिको प्रयोग गर्ने (थाल ठटाउने, स्पिकर बजाउने आदि)

४. प्रजनन गर्न सक्ने ठाउँ नष्ट गर्ने,

५. किटनाशकको प्रयोग, जैविक समेराटाइजियम, रासायनिक मालाथिन, फेनिट्रोथिन, डाइजिनन र फिप्रोनिल, बोरिक एसिड आदि।

६. लसुन र पानीको घोल बनाएर छर्किनाले समेत यसको केही मात्रामा नियन्त्रण गर्न सकिन्छ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ९ : ५६ बजे

स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्री गौतमको दुई महिने कार्ययोजना

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले मन्त्रालयबाट हुने सेवा प्रवाहलाई

मिथ्या सूचनाको नियमनका लागि गृहले थाल्यो संयुक्त छलफल 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रमपूर्ण र मिथ्या सूचनाको नियमनका लागि

५१ प्रतिशत अल्पसंख्यक परिवारबाटै बहिष्कार 

काठमाडौं– यौनिक अल्पसङ्ख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी (निलहीरा समाज)

मर्यादित महिनावारी सङ्कल्प प्रस्ताव कार्यान्वयनमा ढिलाइ

काठमाडौं– राष्ट्रियसभाबाट पारित ‘मर्यादित महिनावारी’ सम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन ढिलाइ

प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

काठमाडौं– सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि