नेपालमा १४ जिल्ला छन् भनेपछि ट्रोलको शिकार बनिन् कलाकार पूजा शर्मा ! « Khabarhub

नेपालमा १४ जिल्ला छन् भनेपछि ट्रोलको शिकार बनिन् कलाकार पूजा शर्मा !


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पूजा शर्मा ट्रोलको शिकार बनेकी छिन् । नेपालमा कति जिल्ला छन् भन्ने समेत भन्न नसकेपछि उनको चौतर्फी विरोध भएको छ ।

प्राइम टाइम्सको भिडियो अन्तर्वार्तामा पत्रकार प्रकाश सुवेदीलाई दिएको अन्तर्वार्तामा पूजाले नेपालमा १४ जिल्ला भएको बताएकी थिइन् ।

उनलाई पत्रकार सुवेदीले सोधेका थिए – नेपालमा यतिखेर कतिवटा प्रदेश छन् ?

यसको जवाफमा कलाकार पूजा शर्माले ७२ वटा भएको भन्दै अकमकाएकी थिइन् । यो प्रश्नको उत्तर दिन नसकेपछि उनलाई सुवेदीले नेपालमा कतिवटा जिल्ला छन् भनेर प्रश्न सोधेका थिए ।

पूजाले नेपालमा १४ वटा जिल्ला भएको उत्तर दिएकी थिइन् । यो भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ भने नेपाली कलाकारको अज्ञानतामाथि पनि प्रश्न उठाइएको छ ।

प्राइम टिभीको युट्युब च्यानलमा अपलोड गरिएको उक्त भिडियो हटाइएको छ । भिडियो किन हटाइयो भन्ने खुलाइएको छैन ।

के थियो भिडियोमा ?

अन्तर्वार्ता दिन पुगेकी पूजासँग प्रकाश सुवेदीले लामो समय कुरा गरेका थिए । कुराकानीका सिलसिलामा पत्रकार सुवेदीले एकछिन बाहिरी कुरा गरौं न भन्दै राजनीतिक नेताहरुका बारेमा सोध्छन् ।

उनले नेपालका अर्थमन्त्रीको नाम सोध्छन् । पूजाले उत्तर दिन नसकेपछि पूर्वसञ्चारमन्त्रीको नाम सोध्छन् ।

सुवेदीको प्रश्नको उत्तरमा पूजाले आफूलाई थाहा नभएको प्रतिक्रिया दिन्छिन् । कार्यक्रममा पूजालाई हालका अर्थमन्त्री युवराज खतिवडा र पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा भएको बताउँछन् ।

उनलाई सोधिएको ५ मन्त्रीको नाम पनि पूजाले भन्न सक्दिनन् । पत्रकारले पुनः ३ मन्त्रीको नाम भन्न अनुरोध गर्छन् । जवाफमा पूजाले बामदेव गौतम, प्रचण्ड र बाबुराम भट्टराईको नाम लिन्छिन् ।

पूजालाई मन्त्रीको नाम भन्न गाह्रो लागेपछि सुवेदीले सजिला प्रश्न भन्दै जिल्लाको नाम र प्रदेशका नाम सोधेका थिए । पूजाले नेपालमा १४ जिल्ला भएको बताएकी थिइन् । नेपालमा प्रदेश भने ७२ वटा भएको भन्दै अकमकाएकी थिइन् ।

कार्यक्रममा उनले राजनीतिप्रति कुनै चासो नभएको पनि प्रतिक्रिया दिएकी थिइन् ।

नेपाली कलाकारलाई सामान्य ज्ञानसमेत नभएको भन्दै पूजा शर्मालाई ट्रोल बनाइएको छ । यी कलाकार बेलाबेलामा आफ्नो अभिव्यक्तिका कारण विवादमा आइरहन्छिन् ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ११ : २७ बजे

अर्थमन्त्री भन्छन् : नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो तोड्छौँ

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत १०–१५ वर्षदेखि देश निहित

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको

विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान