दाङ पुग्यो सलह किराको झुण्ड « Khabarhub

दाङ पुग्यो सलह किराको झुण्ड


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – भारत हुँदै नेपाल प्रवेश गरेको सलह किराको झुण्ड दाङ पनि देखिएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आइतबार सलह किरा फेला परेका हुन् । कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालकाअनुसार खाद्रेमा सानो झुण्डमा सलह किरा देखा परेको र त्यसले बालीनालीमा क्षति पुर्‍याएको छैन ।

स्थानीयले धेरै संख्यामा फट्यांग्रा उडेको देखेपछि कृषि ज्ञान केन्द्र दाङको टोलीलाई खबर गरेको र उक्त फट्यांग्रा सलह नै भएको नेपाल कषि अनुसन्धान परिषद (नार्क) ले पुष्टि गरेको हो ।

ती सलह किरा कपिलवस्तु हुँदै दाङसम्म आइपुगेको अनुमान गरिएको छ ।

तराईका जिल्लामा शनिबार दिउँसो पहिलो पटक देखा परेका सलहका बथान एकै दिनमा भित्री मधेश र पहाडका केही जिल्लाहरुमा फैलिसकेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ७ : ४९ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६