यस्तो छ खेलाडी अभ्यासमा फर्काउने एन्फाको योजना « Khabarhub

यस्तो छ खेलाडी अभ्यासमा फर्काउने एन्फाको योजना


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले नोबेल कोरोना भाइरस (कोभिड १९) ले गर्दा रोकिएको राष्ट्रिय टोलीको अभ्यास सुरु गर्न प्रारम्भिक तयारीका लागि चरणबद्ध योजना बनाएको छ ।

एन्फाले खेलाडीलाई अभ्यासमा फर्काउन पहिलो चरणका रुपमा सरकारको अनुमतिसहित ७० जनाको पीसीआर परीक्षणका  लागि पत्र पठाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत् युवा तथा खेलकुद मन्त्रालयमा एन्फाको पत्र अहिले विचाराधीन छ ।

बुधबार राखेपको पत्र मन्त्रालय पुगे पनि त्यो अगाडि बढ्न सकेको छैन । फागुन अन्तिममा राखेप र मन्त्रालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि खेलकुद गतिविधि रोक्न निर्देशन दिएको थियो ।

कोरोनाको जोखिम नघटेपछि राखेपमार्फत् संघहरु नै सरकारलाई अभ्यासका लागि घचघच्याउन थालेका छन् । यद्यपि सरकारले भने मनोरञ्जन र खेलकुद क्षेत्रलाई आफ्नो प्राथमिकताको पाँचौं चरणमा राखेको छ ।

एन्फाले असोजमा दशरथ रंगशालामा हुने तय भएको फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ अन्तरगतको संयुक्त छनोटका लागि अभ्यास सुरु भन्दै सरकारको अनुमति मागेको हो ।

एन्फाले जुलाई १५ देखि अभ्यास सुरु गर्ने गरी तयारीमा लागेको नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताए ।

यसरी फर्किनेछन् नेपाली खेलाडी अभ्यासमा

१ पहिलो चरणमा सम्बन्धित मन्त्रालयको स्वीकृति लिने,
२ मन्त्रालयको निर्देशिका अध्ययन गर्ने,
३ फिफा र एएफसीबाट प्राप्त गाइडलाइन पालना गर्ने,
४ स्वास्थ्य सम्बन्धी निर्देशिका पालना गर्ने,
५ क्वारेन्टाइनका लागि होस्टेल तयार गर्ने,
६ खेलाडी तथा अफिसियलको पीसीआर परीक्षण गर्ने,
७ खेलाडीलाई अभ्यासमा बोलाउने,
८ खेलाडी क्वारेन्टाइन बसिसकेपछि फिफाको निर्देशिका, राखेप र स्वास्थ्य विज्ञसँगको छलफलपछि अभ्यास सुरु गर्ने ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ११ : ४४ बजे

पशुपति क्षेत्रमा एक पुरुष मृत फेला

काठमाडौं – काठमाडौं महानगरपालिका–८ स्थित पशुपति बस्तलेश्वर मन्दिर नजिकको सरस्वती

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

इरानका उच्च कूटनीतिज्ञ अमेरिकासँगको वार्ताका लागि जेनेभा प्रस्थान

तेहरान – इरानका विदेशमन्त्री अब्बास अराघची र उनको वार्ता टोली

प्रचण्डको दाबी : नेकपा पहिलो दल बन्छ

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

आजका समाचार : एमालेको चुनावी पोस्टरमा छैनन् ओली, कांग्रेस-एमालेसँग मिल्ने प्रचण्डको संकेत, रिहा भए प्रसाई र संसद्‍मा ट्रम्पले सुनाए उपलब्धि

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्नेप्रतिनिधिसभा निर्वाचनका क्रममा