काठमाडौं – ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ६ लाख ४१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
मंगलबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको ९ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ९३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ९ हजार १६६ पुगेको हो ।
एकै दिन ६ हजार ७१९ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ लाख ४१ हजार १५६ पुगेको छ ।
२ लाख २८ हजार ५६० जनाको उपचार भइरहेको छ भने ४ लाख ३ हजार ४३० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।
प्रतिक्रिया