कोरोना भाइरस : विश्वभर २४ घण्टामा ३४ सयको मृत्यु, १ लाख ६० हजार संक्रमित « Khabarhub

कोरोना भाइरस : विश्वभर २४ घण्टामा ३४ सयको मृत्यु, १ लाख ६० हजार संक्रमित


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ६० हजार ३६३ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ३८९ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ४०२ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७ हजार ५१५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५६ लाख ४७ हजार ३२९ पुगेको छ भने ४२ लाख ४७ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९१ हजार २६ जनाको मृत्यु भएको छ ।

२४ लाख २९ हजार २३४ जना संक्रमित भएकोमा १३ लाख ५६ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६७ हजार ९४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३१ लाख २४ हजार ३४ पुगेको छ । त्यसमध्ये १३ लाख ४९ हजार ४१० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५५ हजार ७३० जनाको मृत्यु भएको छ । २२ लाख ५६ हजार ३८४ जना संक्रमित भएकोमा १४ लाख ७६ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ८३ हजार ६१० जनाको मृत्यु भएको छ । २१ लाख ८६ हजार २९५ जना संक्रमित भएकोमा १२ लाख ६७ हजार ६१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ९ हजार ९१४ जनाको ज्यान गएको छ भने ३ लाख ९६ हजार ३१४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८९ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ४०७ जना संक्रमित भएकोमा ८ हजार ५९९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : २९ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु