यौन क्षमता बढाउन खानुहोस् यी ९ खानेकुरा « Khabarhub

यौन क्षमता बढाउन खानुहोस् यी ९ खानेकुरा


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक मानिस यौनको मामलामा क्षमतावान् रहन चाहन्छ । पार्टनरसहित आफैलाई सन्तुष्ट पार्ने उसको चाहना हुन्छ ।

तर कमजोर यौनक्षमताका कारण मानिसको यौन जीवन सन्तोषमय हुँदैन । यदि कमजोर यौन क्षमता विकास गर्न चाहनुहुन्छ भने यी वस्तुको सेवन निकै उपयोगी साबित हुनेछ ।

१.केरा: पोटासियम लवणको सबैभन्दा ठूलो श्रोत केरा हो । उच्च सोडियमयुक्त खानेकुराले शरीरमा पर्ने नकारात्मक असर घटाउँनुका साथै नुनको खराब असर घटाउँछ ।

धेरै नुनिलो खानेकुरा खानाले यौनांगमा रक्तप्रवाह घट्न गई यौनेच्छा तथा चरमोत्कर्षमा कमी आउँदछ । तर केराको सेवनले रक्त प्रवाहमा वृद्धि हुन्छ ।

२. दालचिनी : दालचिनीको सेवनले मानिसमा यौनेच्छा बढाउन तथा यौन क्षमतामा वृद्धि गर्न सहयोग गर्दछ । विशेषत: पुरुषले चिया तथा कफीमा दाल चिनी मिसाएर खानु उत्तम हुन्छ ।

३. चकलेट : जोडीबीच उपहार दिइने चकलेटमा पनि यौन शक्तिको श्रोत मानिन्छ । चकलेटमा एन्टी अक्सिडेन्ट तत्व हुने भएकाले यो मुटुका लागि समेत उपयोगी हुन्छ । चकलेटको सेवनले शरीरबाट मूड जगाउने रसायनको उत्पादन गर्दछ । यसले यौनइच्छा बढाउँछ ।

४. खरबुजा : खरबुजामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । खरबुजालाई यौनशक्तिको श्रोत मानिन्छ । यसको सेवनले यौनक्षमता वृद्धि गर्न ठूलो सहयोग गर्दछ ।

५. आलु : आलुमा प्रशस्त पोटासियम पाइन्छ । आलुको सेवनले पनि रक्तप्रवाह बढाउँछ । तसर्थ आलुको सेवन पनि यौन क्षमता बढाउन उपयोगी मानिन्छ ।

६.फर्सी : फर्सीको नियमित सेवनले यौन क्षमता बढ्ने गर्दछ । फर्सीको बियाँमा शरीरलाई आवश्यक ट्रिप्टो फ्यान नामकएमिने एसिड पाइन्छ ।

यसले मस्तिष्कमा सेरोटोनिन हर्मोन उत्पादन तथा शरीरमा त्यसको प्रशारण गर्न सहयोग गर्दछ । यसले पुरुषहरुमा यौन क्षमता वृद्धि गर्दछ ।

७. पालुंगो : पालुंगोको सेवनले यौनांगमा रक्तप्रवाह बढाउँदछ । यसको सेवनले मूड पनि राम्रो बनाउँछ । यसमा पाइने म्याग्ने सियम लगायतका लवणले रक्तनली सुन्निने समस्या पनि हटाइदिन्छ । रक्तप्रवाह बढ्दा मानिसमा यौन इच्छा तथा यौन क्षमता दुवैमा वृद्धि हुन्छ ।

८. खुर्सानी : खुर्सानीले इन्डोफिर्न हर्मोन सक्रिय पार्दछ । यसबाट शरीरमा पसिना छुट्ने र मुटुको गति बढ्ने गर्दछ । यसबाट यौन क्रिडाका लागि आवश्यक रक्तप्रवाह बढ्न जान्छ ।

९. ग्रीन टी : ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ । यसले पेटको बोसो गलाउने, कलेजोको क्षमता बढाउने तथा बोसोलाई उर्जामा बदल्ने काम गर्दछ । यो यौगिकले यौनांगमा रक्तप्रवाह बढाएर यौन इच्छामा वृद्धि गर्दछ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : १८ बजे

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान