यौन क्षमता बढाउन खानुहोस् यी ९ खानेकुरा | Khabarhub Khabarhub

यौन क्षमता बढाउन खानुहोस् यी ९ खानेकुरा


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक मानिस यौनको मामलामा क्षमतावान् रहन चाहन्छ । पार्टनरसहित आफैलाई सन्तुष्ट पार्ने उसको चाहना हुन्छ ।

तर कमजोर यौनक्षमताका कारण मानिसको यौन जीवन सन्तोषमय हुँदैन । यदि कमजोर यौन क्षमता विकास गर्न चाहनुहुन्छ भने यी वस्तुको सेवन निकै उपयोगी साबित हुनेछ ।

१.केरा: पोटासियम लवणको सबैभन्दा ठूलो श्रोत केरा हो । उच्च सोडियमयुक्त खानेकुराले शरीरमा पर्ने नकारात्मक असर घटाउँनुका साथै नुनको खराब असर घटाउँछ ।

धेरै नुनिलो खानेकुरा खानाले यौनांगमा रक्तप्रवाह घट्न गई यौनेच्छा तथा चरमोत्कर्षमा कमी आउँदछ । तर केराको सेवनले रक्त प्रवाहमा वृद्धि हुन्छ ।

२. दालचिनी : दालचिनीको सेवनले मानिसमा यौनेच्छा बढाउन तथा यौन क्षमतामा वृद्धि गर्न सहयोग गर्दछ । विशेषत: पुरुषले चिया तथा कफीमा दाल चिनी मिसाएर खानु उत्तम हुन्छ ।

३. चकलेट : जोडीबीच उपहार दिइने चकलेटमा पनि यौन शक्तिको श्रोत मानिन्छ । चकलेटमा एन्टी अक्सिडेन्ट तत्व हुने भएकाले यो मुटुका लागि समेत उपयोगी हुन्छ । चकलेटको सेवनले शरीरबाट मूड जगाउने रसायनको उत्पादन गर्दछ । यसले यौनइच्छा बढाउँछ ।

४. खरबुजा : खरबुजामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । खरबुजालाई यौनशक्तिको श्रोत मानिन्छ । यसको सेवनले यौनक्षमता वृद्धि गर्न ठूलो सहयोग गर्दछ ।

५. आलु : आलुमा प्रशस्त पोटासियम पाइन्छ । आलुको सेवनले पनि रक्तप्रवाह बढाउँछ । तसर्थ आलुको सेवन पनि यौन क्षमता बढाउन उपयोगी मानिन्छ ।

६.फर्सी : फर्सीको नियमित सेवनले यौन क्षमता बढ्ने गर्दछ । फर्सीको बियाँमा शरीरलाई आवश्यक ट्रिप्टो फ्यान नामकएमिने एसिड पाइन्छ ।

यसले मस्तिष्कमा सेरोटोनिन हर्मोन उत्पादन तथा शरीरमा त्यसको प्रशारण गर्न सहयोग गर्दछ । यसले पुरुषहरुमा यौन क्षमता वृद्धि गर्दछ ।

७. पालुंगो : पालुंगोको सेवनले यौनांगमा रक्तप्रवाह बढाउँदछ । यसको सेवनले मूड पनि राम्रो बनाउँछ । यसमा पाइने म्याग्ने सियम लगायतका लवणले रक्तनली सुन्निने समस्या पनि हटाइदिन्छ । रक्तप्रवाह बढ्दा मानिसमा यौन इच्छा तथा यौन क्षमता दुवैमा वृद्धि हुन्छ ।

८. खुर्सानी : खुर्सानीले इन्डोफिर्न हर्मोन सक्रिय पार्दछ । यसबाट शरीरमा पसिना छुट्ने र मुटुको गति बढ्ने गर्दछ । यसबाट यौन क्रिडाका लागि आवश्यक रक्तप्रवाह बढ्न जान्छ ।

९. ग्रीन टी : ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ । यसले पेटको बोसो गलाउने, कलेजोको क्षमता बढाउने तथा बोसोलाई उर्जामा बदल्ने काम गर्दछ । यो यौगिकले यौनांगमा रक्तप्रवाह बढाएर यौन इच्छामा वृद्धि गर्दछ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : १८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर