२४ घण्टामा ६० जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ३१९४ पुग्यो « Khabarhub

२४ घण्टामा ६० जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ३१९४ पुग्यो


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६० जना कोरोना संक्रमणमुक्त भएका छन्।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित लाइभ अपडेटमा नेपालमा थप ६० जना कोरोनामुक्त भइ अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज भएकामध्ये महिला ९ र पुरुष ५१ रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३१९४ पुगेको छ ।

मंगलबार थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

 

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ४ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै