घरबेटीलाई स्वास्थ्य मन्त्रालयको आग्रह : कोरोनाको लक्षण नदेखिएका व्यक्तिसँग पीसीआर रिपोर्ट नखोज्नू « Khabarhub

घरबेटीलाई स्वास्थ्य मन्त्रालयको आग्रह : कोरोनाको लक्षण नदेखिएका व्यक्तिसँग पीसीआर रिपोर्ट नखोज्नू


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिसँग पीरीआर परीक्षणको रिपोर्ट नखोज्न आग्रह गरेको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बाहिरबाट आएका व्यक्तिमा पनि कोरोनाको लक्षण नदेखिए परीक्षण आवश्यक नभएको बताए।

उनले विदेशबाट आएकाहरु १४ दिन क्वारेन्टाइनमा बसेपछि सो व्यक्तिलाई पीसीआर परीक्षण नगरे पनि घर प्रवेश गर्न दिन आग्रह गरेका हुन् ।

‘क्वारेन्टाइनमा पूर्ण नियम पालना गरेर फर्किएका व्यक्तिहरुलाई पनि पीसीआर रिपोर्ट नभएको भनि घरमा छिर्न नदिएको समाचार आइरहेको छ,’ डा गौतमले भने, ‘यसमा स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो तथ्यहीन र राष्ट्रिय निर्देशिका विरुद्धको क्रियाकलाप नगरीदिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित घरभेटी र सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछ ।’

डा गौतमका अनुसार २ साता क्वारेन्टाइनमा बसेको प्रमाण भएमा र क्वारेन्टाइनमा बसेको व्यक्तिमा कोरोनाको लक्षण नभएमा पीसीआर परीक्षण नगरी घर पठाउन मिल्छ । कोरोना संक्रमणको कुनै लक्षण नभएको व्यक्तिबाट कोरोना नसर्ने पनि डा गौतमले बताए ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ५ : ३० बजे

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार