कांग्रेसको महाधिवेशन फागुनमै, अन्य कार्यतालिका भने हेरफेर | Khabarhub Khabarhub

कांग्रेसको महाधिवेशन फागुनमै, अन्य कार्यतालिका भने हेरफेर


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले आगामी फागुन ७ गतेदेखि शुरु हुने महाधिवेशन समयमै सम्पन्न गर्नेगरी तल्लो तहको आन्तरिक कार्यतालिका परिमार्जन गर्ने प्रस्ताव पेश गरेको छ ।

आज केन्द्रिय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने गरी प्रस्ताव पेश गरेको हो ।

केन्द्रीय समिति बैठकले असार १५ गते भित्र सक्ने भनेर निर्धारण गरेको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने गरी तयारी गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शर्माका अनुसार साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुष ७ गते देशभरीका ७ हजार वडाको अधिवेशन गर्ने प्रस्ताव पनि केन्द्रीय समिति बैठकले गरेको छ ।

७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते, प्रदेशसभाको पुष ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने प्रस्ताव पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुष १६ गते, प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने  प्रस्ताव कांग्रेस केन्द्रीय समिति बैठकले गरेको छ ।

कांग्रेसले प्रधानमन्त्रीले सरकार परिवर्तनका लागि भारतले षडयन्त्र गरिरहेको भनेर दिएको अभिव्यक्तिका विषयमा समेत बैठकमा छलफल भएको छ ।

बैठकपछि प्रवक्ता शर्माले भने,‘ नक्साको विषयलाई आफूले दिएको अटोग्राफजस्तो सोचेर पारित भएपछि मलाई हटाउनतर्फ अमुख देश लाग्यो भन्ने अभिव्यक्ति गैरजिम्मेवार, कुटनीतिक मूल्य मन्यताभन्दा बाहिरको अभिव्यक्ति छ ।’

नक्सा पारित गर्ने विषय प्रधानमन्त्रीको मात्रै नभएको भन्दै कांग्रेस प्रवक्ता शर्माले भने,‘नक्सा पारित गरेको विषय एक प्रधानमन्त्रीको विषय होइन् । सिंगो देश एक भएर संसदले पारित गरेको नक्सा हो । सबैको साझा स्वामित्व छ ।’

नक्सा प्रकाशित भएपछि भूमि फिर्ताका लागि पहल गर्न आग्रह गर्दा पनि प्रधानमन्त्रीले विषयान्तर गर्न खोजेको कांग्रेसले निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : ४२ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो