हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न « Khabarhub

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । यस खण्डमा २४ वटा पुल निर्माण भइसकेका छन् भने ९० प्रतिशतभन्दा बढी सडक कालोपत्र भएको छ ।

जनकपुरस्थित हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिरहादेखि सर्लाहीसम्मको ४०६ दशमलव ४३ किलोमिटरमध्ये ३४७ दशमलव ६३ किलोमिटरमा कालोपत्र भएको छ ।

धनुषामा तीन, सर्लाहीमा सात, महोत्तरीमा तीन र सिरहामा तीन गरी १९ वटा पुल निर्माणको अन्तिम चरणमा पुगेका छन् । कालोपत्र गर्न बाँकी ५८ दशमलव ८ किलोमिटर सडकमध्ये १२ दशमलव ८ किलोमिटर सडकको ठेक्का प्रक्रिया प्रारम्भ भएको छ ।

चालु आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले बताए । सिरहामा २९ दशमलव ९८, महोत्तरीमा ९१ दशमलव ५६,सर्लाहीमा १५१ दशमलव ५१ किलोमिटर निर्माण भएको छ । निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम हुलाकी राजमार्ग एक हजार ७९२ किलोमिटर लामो हुनेछ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ९ : ०६ बजे

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज