भारतमा प्रतिबन्ध लागेपछि निराश टिकटक स्टार्स, एउटैका २० हजार भिडियो भएका थिए अपलोड « Khabarhub

भारतमा प्रतिबन्ध लागेपछि निराश टिकटक स्टार्स, एउटैका २० हजार भिडियो भएका थिए अपलोड


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतले टिकटकसहित चीनका ५९ वटा एप्समा प्रतिबन्ध लगाइदिएपछि भारतमा हंगामा मच्चिएको छ । टिकटक भारतमा निकै लोकप्रिय एप थियो ।

टिकटकबाट कैयन् स्टार बनिसकेका थिए । भारतका कतिपय स्टारले पनि टिकटक प्रयोग गरिरहेका थिए । टिकटक सेलिब्रेटीका पनि लाखौं फलोअर्स थिए ।

भारतमा प्रतिबन्ध लागेपछि सामाजिक सञ्जालमार्फत टिकटक प्रयोगकर्ताले निराश व्यक्त गरेका छन् ।

भारतका एक चर्चित टिकटकर जीपी मुत्थुका १० लाख फलोअर्स छन् । उनले टिकटकमा २० हजारभन्दा बढी भिडियो अपलोड गरेका छन् ।

उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘म हरेक दिन बिहान उठेर टिकटक चेक गर्ने गर्थें, आज जब मैले भारत सरकारले टिकटक ब्याण्ड गरेको देखें, म एकदमै निराश भएको थिएँ ।’

उनले यो एक मनोरञ्जनको प्लेटफर्म भएको र टिकटकबाट प्रयोगकर्ताले तनाव कम भएको महसूस गर्ने गरेको बताए ।

कतिपयले भने भारत सरकारको यदि चीनसँग लडाइँ हो भने टिकटक मात्र नभएर सबै चीज बन्द गरिनुपर्ने बताएका छन् । धेरै टिकटक प्रयोगकर्ताले आफ्नो कला प्रस्तुत गर्ने माध्यमका रुपमा टिकटकलाई लिएका थिए ।

टिकटकबाट धेरै फलोअर्स भएका सेलिब्रेटीको कमाइ पनि हुने गर्थ्यो ।

पछिल्लो समय चीन र भारत राष्ट्रबीच तनाव सिर्जना भएको छ । यही बेला मोदी सरकारले भारतमा लोकप्रिय चीनका एपमा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : २८ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६