लामा र गिरी क्यान सदस्यमा मनोनित | Khabarhub Khabarhub

लामा र गिरी क्यान सदस्यमा मनोनित


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो प्रतिनिधिका रुपमा छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट संघ (क्यान)को सदस्यका लागि सिफारिस गरेको छ ।

मंगलबार राखेप सदस्य सचिव रमेश कुमार सिलवालले लामा र गिरी दुवै जनालाई सिफारिस पत्र पठाएका हुन् ।

योसँगै क्यानको कार्यसमितीले ९ महिनापछि पूर्णता पाएको छ । राष्ट्रिय खेलकुद परिषद्को कोटाबाट मनोनित हुने दुई जनाको नाम परिषद्ले पठाएपछि क्यानको कार्यसमितीले पूर्णता पाएको हो ।

छुम्बी लामालाई पूर्व सदस्यसचिव युवराज लामाको पालामा क्यानको अध्यक्ष बनेका टंक आङबुहाङले क्यानमा प्रवेश गराएका थिए ।

क्यानकी पूर्व सीईओ भावना घिमिरेको पालामा लामा चिफ अपरेटिङ अफिसर भएर काम गरेका थिए ।

अर्का सदस्य गिरी भने मदनभण्डारी फाउण्डेसनको क्रिकेट विभागका उपाध्यक्ष हुन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ८ : १५ बजे

च्याटजीपीटीको प्रयोगमा गिरावट

काठमाडौं- सन् २०२२ पछि पहिलो पटक व्यवसायिक कम्पनीहरूमा च्याटजीपीटीको प्रयोगमा

अन्तर्राष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा संसदीय समितिको बैठक

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सप्तकोशी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले

प्रतिनिधिसभा बैठक बस्दै, वैकल्पिक वित्त परिचालन विधेयक पारित गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठम आज पनि बस्दैछ ।