इंग्लिस प्रिमियर लिग फुटबल : युनाइटेड पाँचौ स्थानमा उक्लियो | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग फुटबल : युनाइटेड पाँचौ स्थानमा उक्लियो


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा ३-० को सहज जित निकाल्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको हो । युनाइटेडको जितका लागि मसोन ग्रीनवुडले एक तथा ब्रुनो फर्नान्डेजले दुई गोल गरे ।

खेलको १६ औं मिनेटमा ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनले आरोन वन बिसाकाको पासमा गोल गर्दै अग्रता दिलाएक हुन् ।

खेलको २९ औं मिनेटमा ब्रुनोले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । उनले पाउल पोग्बाको पासमा गोल गर्दै पाहुना टोलिलाई पहिलो हाफम २-० को अग्रता दिलाएका हुन् ।

दोस्रो हाफमा ब्रुनोले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३-० को अग्रता दिलाए । खेलको ५० औं मिनेटमा ग्रीनवुडको पासमा गिल गर्दै युनाइटेडलाई फराकिलो जित दिलाएका हुन् ।

जितसँगै तालिकाको पाँचौ स्थानमा उक्लिएको युनाइटेडले ३२ खेलबाट ५२ अंक जोडेको छ । समान खेल खेलेको ब्राइटन ३३ अंकसहित १५ औं स्थानमा छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : ३० बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न