कोरोना भाइरस: २४ घण्टामा थपिए विश्वमा १ लाख ७३ हजार संक्रमित, क‍ूल संख्या १ करोड ५ लाख | Khabarhub Khabarhub

कोरोना भाइरस: २४ घण्टामा थपिए विश्वमा १ लाख ७३ हजार संक्रमित, क‍ूल संख्या १ करोड ५ लाख


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) बाट विश्वमा १ करोड ५ लाखभन्दा बढी संक्रमित भएका छन् । बुधवार (आज) बिहानसम्म ५ लाख १३ हजार १ सय ७२ जनाले कोरोना भाइरसको संक्रमणपछि ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा १ लाख ७३ हजार ४ सय २५ जना संक्रमित थपिएका छन् ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा देखिएका छन् । यो समाचार तयार पार्दासम्म अमेरिकामा २७ लाख २७ हजार ३ सय १६ मा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय जना नयाँ संक्रमित थपिएका छन् भने ७ सय ५३ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म अमेरिकामा कोरोनाका कारण १ लाख ३० हजार जनाले ज्यान गुमाएका छन् भने ११ लाख ४१ हजार जना निको भएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने राष्ट्रमा ब्राजिल छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ हजार ९ सय ९७ थपिएसँगै ब्राजिलमा संक्रमितको संख्या १४ लाख पुगेको हो ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार २ सय २७ जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । हालसम्म ५९ हजार ६ सय ५६ जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा ७ लाख ९० हजार ४० जनाको कोरोना संक्रमणपछि निको भएर घर फर्केका छन् ।

यो समाचार तयार पार्दासम्म रसियामा ६ लाख ४७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ६ हजार ६ सय ९३ जना नयाँ संक्रमित थपिएका छन् । रसियामा हालसम्म ४ लाख १२ हजार जना निको भएर घर फर्किएका छन् भने ९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

रसियापछि एसियाली मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढी देखिएको छ । भारतमा हालसम्म ५ लाख ८५ हजार ७ सय ९२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा १८ हजार २ सय ५६ जना संक्रमित थपिएका छन् ।

हालसम्म भारतमा कोरोना भाइरस संक्रमितमध्ये ३ लाख ४७ हजार ८ सय ३६ जना निको भइसकेका छन् भने १७ हजार ४ सय १० को मृत्यु भइसकेको छ ।

कोरोना भाइरसबाट विश्वका २ सय १५ देश प्रभावित भएका छन् । पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख ७३ हजार ४ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा ५ हजार जनाले कोरोना संक्रमणपछि ज्यान गुमाएका छन् ।

युरोपेली मुलुकमध्ये रसिया र बेलायतमा कोरोना संक्रमितको संख्या बढी देखिएको छ । रसियापछि बेलायतमा बढी संक्रमित देखिएका छन् ।
बेलायतमा पछिल्लो २४ घण्टामा ६ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै बेलायतमा संक्रमितको संख्या ३ लाख १२ हजार ६ सय ५४ पुगेको छ ।

युरोपेली मुलुकमा २४ लाख ४२ हजार ३ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी मुलुकमा पछिल्लो २४ घण्टामा १२ हजार ५ सय थप संक्रमित पुष्टि भएका छन् भने ५ सय १३ जनाले ज्यान गुमाएका छन् ।

एसियाली मुलुकमा थप ४५ हजारमा कोरोनाको संक्रमण देखिएसँगै २३ लाख संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ११ सय जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट दक्षिण अमेरिकामा २२ लाख ३७ हजार ४ सय ८८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ५० हजारभन्दा बढी थपिएका छन् । यी मुलुकमा १ हजार ७ सयले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।

यस्तै युरोप अमेरिकामा पछिल्लो २४ घण्टामा ५३ हजार बढी संक्रमित थपिएका छन् । यी मुलुकमा हालसम्म ३१ लाख ७७ हजार ५ सय जना संक्रमित भएका छन् भने १ लाख ६९ हजार जनाले ज्यान गुमाएका छन् ।

अफ्रिकी मुलुकमा भने पछिल्लो २४ घण्टामा थप ११ हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै यी मुलुकमा ४ लाख ७ हजार ९ सय जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

नेपालमा बुधवार बिहानसम्म कोरोना भाइरस संक्रमित १३ हजार ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ जनामा कोरोना संक्रमणपछि ज्यान गुमाएका छन् भने ३ हजार १ सय ९४ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : ४२ बजे

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक