आईसीसीका अध्यक्ष मनोहरले दिए राजीनामा, ख्वाजालाई जिम्मेवारी « Khabarhub

आईसीसीका अध्यक्ष मनोहरले दिए राजीनामा, ख्वाजालाई जिम्मेवारी


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष सशांक मनोहरले कार्यकाल सकिएपछि पदबाट राजीनामा दिएका छन् ।

आफ्नो दुईवर्षे कार्यकाल सकिएपछि मनोहरले बुधबार राजीनामा दिएको आईसीसीले जनाएको छ ।

आईसीसीका कार्यकारी निर्देशक मनु सुवानेले दुई वर्षे कार्यकाल सफल रुपमा सम्पन्न गरेकोमा धन्यवाद भनेका छन् ।

आईसीसीका कार्यकारी प्रमुख मनु सावनेले भने, ‘आईसीसी बोर्ड, कर्मचारी र सम्पूर्ण क्रिकेट परिवारको तर्फबाट म शशांकलाई उनको नेतृत्व र आईसीसी अध्यक्षको हैसियतमा खेलका लागि गरेको योगदानका लागि धन्यवाद दिन्छु ।’

यस्तै, मनोहरले राजिनामा दिएसँगै उपाध्यक्ष रहेका इमरान ख्वाजाले अध्यक्षको जिम्मेवारी पाएका छन् ।

अध्यक्षको जिम्मेवारी सम्हालेका ख्वाजाले भनेका छन्, ‘आईसीसी बोर्डका सबैले शशांकलाई हाम्रो खेलप्रति देखाएको प्रतिबद्धताको लागि हार्दिक धन्यवाद दिनेछौँ । शशांकले क्रिकेट र आईसीसीलाई राम्रो ठाउँमा पुर्‍याएका छन् ।’

सम्भवतः आगामी साता आईसीसीको नयाँ अध्यक्षको लागि प्रक्रिया अगाडि बढाइने छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ८ : १८ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा