कोरोना भाइरस: विश्वभर १ करोड ७ लाख कुल संक्रमित पुगे, ५ लाख बढीले ज्यान गुमाए | Khabarhub Khabarhub

कोरोना भाइरस: विश्वभर १ करोड ७ लाख कुल संक्रमित पुगे, ५ लाख बढीले ज्यान गुमाए


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट बिहीबारसम्म विश्वभरमा पाँच लाखभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार संसारभरि मृत्यु भएकाहरुको संख्या पाँच लाख १८ हजार ४४ पुगेको छ ।

विश्वभरमा हालसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५९ लाख ३० हजार २२ पुगेको छ भने कुल सङ्क्रमितको संख्या १ करोड ७ लाख ९२ हजार पुगेको छ । संसारभरका २ सय १५ मुलुकमा कोरोना भाइरस देखिएको छ ।

पछिल्लो २४ घण्टामा संसारभर १ लाख ९५ हजार ७ सय ८९ जना संक्रमित थपिएका छन् ।

कुल सङ्क्रमितहरूमध्ये सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । यो समाचार तयार पार्दासम्म अमेरिकामा २७ लाख ७८ हजार १ सय ४३ जना सङ्क्रमित पुगेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ५० हजार २ सय ९० जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणपछि अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३० हजार ७ सय ८८ पुगेको छ ।

कोरोनाबाट दोस्रो धेरै प्रभावित हुने देशमा अहिले ब्राजिल छ । केही समयअघिसम्म प्रभावितको सूचीमा पछाडि रहेको ब्राजिलमा अहिले तीव्र रुप्मा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ४४ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

ब्राजिलमा हालसम्म १४ लाख ५३ हजार ३ सय ६९ जना सङ्क्रमित भएका छन् भने ६० हजार ७ सय १३ ले ज्यान गुमाएका छन् ।

त्यसैगरी तेस्रो धेरै प्रभावित भएको राष्ट्र रुसमा ६ लाख ५४ हजार ४ सय ५ जना सङ्क्रमित हुँदा ९ हजार ५ सय ३६ जनाको मृत्यु भएको छ ।

सङ्क्रमितहरुको संख्याका आधारमा चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौंमा पेरु, आठौँमा चिली, नवौँमा इटली र दशौँमा इरान रहेका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ५ हजार २ सय २० पुगेको छ । यस्तै भारतमा बिहीवार बिहानसम्म मृत्यु हुनेको संख्या १७ हजार ८ सय ४८ पुगेको छ भने पछिल्लो २४ घण्टामा १९ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वभरि सङ्क्रमितहरुको संख्यामा कमी नआए पनि मानवीय गतिविधिमा भने बृद्धि हुन थालेको छ ।

धेरैजसो देशले कोरोना भाइरस फैलिन नदिन भन्दै गरिएको लकडाउनलाई पनि खुकुलो बनाउन थालेका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३० जनाले ज्यान गुमाइसकेका छन् । यस्तै १४ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ६ : २९ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म