ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना संक्रमण | Khabarhub Khabarhub

ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना संक्रमण


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरमा तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको खुलेको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ललितपुरका पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो ।  जसमा ४ महिला र १ पुरुष जना रहेका छन् ।

संक्रमितहरु ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिकासँगै पहिलो पटक गोदावरी नगरपालिकामा पनि पुष्टि भएको छ । यता स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालका अनुसार बुधबार अल्का अपतालका २ र १ जना क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित ७ जनामा पोजेटिभ देखिएको हो ।

हिजो बुधबार पुष्टि भएका संक्रमितहरुमा ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटोका ३४ वर्षिय महिला, ललितपुर महानगरपालिका वडा नं १४ थसीखेलका ३३ वर्षिय महिला र ललितपुर महानगरपालिका वडा नं. २३ हात्तीवनका २४ वर्षिय महिला रहेका छन् ।

सातदोबाटोमा भेटिएकी संक्रमित महिला अल्का हस्पिटलमा कार्यत स्वास्थ्यकर्मी रहेको कार्यालय प्रमुख डा गेलालले जानकारी दिए । उनका अनुसार गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँका ६६ वर्षिय पुरुष र महालक्ष्मी नगरापलिका वडा नं. ८ लुभुका २३ वर्षको महिला मा पनि कोरोना भाइरसको संक्रमण देखीएको हो ।

संक्रमित भएका पाँचैजनालाई ललितपुरको पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । पाटन अस्पतालको कोभिड वार्डको आइसोलेसनमा राखेर उपचार भइरहेको छ, डा. गेलालले भने, अहिलेसम्म १५ जनामा संक्रमण देखिइसकेको छ ।

यसअघि गत मंगलबार मात्रै एक जनामा संक्रमण भएको थियो । कतारबाट गत असार ११ गते नेपाल आएका ललितपुर महानगरपालिकाको वडा नं. १४ नखिपोटका २८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो ।

यसअघि बाग्मती गाउँपालिकाको प्युटारमा १४ वर्षीय बालिका र भैसीपाटीमा साढे २ बर्षको बच्चामा पनि कोरोना भेटिइसकेको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ६ : ३४ बजे

काराबाओ कप : म्यानचेस्ट सिटी अन्तिम आठमा

काठमाडौं– इंग्लिस फुटबल लिग (इएफएल) कप (काराबाओ कप) फुटबलमा म्यानचेस्टर

नेपालगञ्ज–गुलरिया सडकमा चार लेनको पुल निर्माण हुँदै

बाँके– नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की

पर्यटन प्रवर्द्धनका लागि तलाउ निर्माण गरिँदै

स्याङ्जा– स्याङ्जाको भीरकोट नगरपालिका–४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण थालिएको छ

भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’

दाताको सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज

तनहुँ– तनहुँमा छाडा गाई रेखदेखका लागि गौ संरक्षण केन्द्र सञ्चालन