विश्वको सबैभन्दा महँगो काठ : किलो कै १२ लाख ! « Khabarhub

विश्वको सबैभन्दा महँगो काठ : किलो कै १२ लाख !


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

केहि रुखका काठ अविश्वसनीय रूपमा महँगो हुने गर्दछन् । केहि दुर्लभ भएका कारणले पनि महँगो हुन्छन् । आम काठभन्दा चन्दनको काठ महँगो मानिन्छ ।

चन्दनको काठको मुल्य प्रतिकेजी १० हजार आसपासको मुल्य पर्दछ । तर सायद तपाईलाई थाहा नहोला, चन्दनको काठभन्दा पनि महँगो काठ हुने गर्दछ ।

यो काठ मुल्य यति धेरै छ कि यसलाई किन्नुअघि ठुला ठु्ला धनाढ्यले समेत एक पटक सोच्नु पर्दछ ।

विश्वको सबैभन्दा महँगो काठको उपाधी पाएको यो काठ हो, अफ्रीकी ब्ल्याकउड । यसलाई पृथ्वीमा रहेको सबैभन्दा महँगो सामग्री मध्ये एक मानिन्छ । एक किलोग्रामको यस काठको मुल्य आठ हजार पाउण्ड अर्थात करिब १२ लाख रुपैयाँ पर्दछ । जबकि यति रकममा एक सामान्य घर, सस्तो जग्गा समेत आउन सक्छ ।

अफ्रिकी ब्ल्याकउडको रुख अरु रुखको तुलनामा अत्यन्त कम र दुर्लभ छ । यो रुखको उचाई २५ देखि ४० फिटसम्म हुने गर्दछ । यो मध्य र दक्षिणी अफ्रिकाको २६ देशमा मात्र पाइन्छ । यो केवल सुख्खा स्थानमा मात्र हुने गर्दछ ।

मुख्यतः अफ्रिकी ब्ल्याकउड शहनाई, बाँसुरी र गिटार जस्ता संगीत वाद्ययन्त्र बनाउन उपयोग गरिन्छ । यस अलावा बलियो हुने भएकाले ब्ल्याकउड फर्निचर बनाइन्छ । तर टिकाउ हुने भएकाले यसको फर्निचर करौडौंमा बिक्री हुन्छन् । साथै यो रुख उपयोग योग्य काठ हुन लगभग ६० बर्ष लाग्दछ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १० : ०५ बजे

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको