यी हुन ५ सयभन्दा बढी कोरोना संक्रमित देखिएका जिल्ला, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

यी हुन ५ सयभन्दा बढी कोरोना संक्रमित देखिएका जिल्ला, कुन प्रदेशमा कति ?


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरका ८ वटा जिल्लामा ५ सय भन्दा बढी कोरोना भाइरस संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ जिल्ला मध्ये ८ वटा जिल्लामा ५ सय भन्दा बढी संक्रमित भएको जनाकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत  प्रदेश २ का ३ जिल्ला, प्रदेश ५ का ३ जिल्ला, कर्णालीको एक जिल्ला र सुदुरपश्चिम प्रदेशको एक जिल्ला गरी ८ जिल्लामा ५ सय भन्दा बढी कोरोना भाइरस संक्रमित भएको जनाकारी दिएका हुन् ।

५ सय भन्दा बढी संक्रमित हुने जिल्लाहरु

प्रदेश २ : महोत्तरी, रौतहट, सर्लाही
प्रदेश ५ : कपिलवस्तु, पाल्पा, दाङ
कर्णाली प्रदेश : दैलेख
सुदुरपश्चिम प्रदेश : कैलाली

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले नेपालमा ७ प्रदेश मध्ये आज सबैभन्दा धेरै सुदूरपश्चिममा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

डा गौतमका अनुसार सुदूरपश्चिम प्रदेशमा आज मात्र ३२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश नम्बर २ मा ५३, बागमती प्रदेशमा ४७, गण्डकी प्रदेशमा २६ जना, प्रदेश १ मा १३ जना, प्रदेश ५ मा १० जना र कर्णाली प्रदेशमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै हालसम्म सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा छन् भने सबैभन्दा कम बागमती प्रदेशमा रहेका छन् ।

कुन प्रदेशमा कति संक्रमित ?

प्रदेश १  : ६३६ जना
प्रदेश २ : ३ हजार ९०९ जना
बागमती प्रदेश : ५०५ जना
गण्डकी प्रदेश : १ हजार ८४ जना
प्रदेश ५ : ३ हजार ८५३ जना
कर्णाली प्रदेश : १ हजार ५१२ जना
सुदुरपश्चिम प्रदेश : ३ हजार २० जना रहेका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ५ : २६ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ