टिप्परको ठक्‍करबाट घाइते भएका सैनिक जवानको मृत्यु « Khabarhub

टिप्परको ठक्‍करबाट घाइते भएका सैनिक जवानको मृत्यु


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- टिप्परको ठक्‍करबाट घाइते भएका एक सैनिक जवानको मृत्यु भएको छ।

गोरखा आबुँखैरेनी सडक खण्डअन्तर्गत १५ किलोमा हिजो टिप्परको ठक्करबाट घाइते भएका गोरखा पालुङ्टार–३ का प्रेम परियारको उपचारको क्रममा विहीबार भरतपुर अस्पतालमा मृत्यु भएको हो।

उनीसँगै घाईते भएका अन्य तीन जनामध्य टाउकोमा गम्भीर चोट लागेका सैनिक जवान ललितपुर बज्रबाराहीका रञ्जित रानाको भरतपुरस्थित पूरानो मेडिकल कलेजमा आईसियुमा उपचार भैरहेको छ।

बाँकी दुई घाईते जिल्ला अस्पताल गोरखामा उपचार गरि गणमा फर्किएका छन्। उनीहरु रणसिंह दल गण गोरखामा कार्यरत थिए।

हिजो साँझ गोरखा आबुँखैरेनी सडक खण्डअन्तर्गत १५ किलोमा बा १ झ ५८०० नम्बरको सेनाको गाडीलाई बिपरित दिशाबाट आउँदै गरेको लु १ त ३८४६ नम्बरको टिपले ठक्कर दिएको थियो।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ६ : ४१ बजे

पीआर लिएर विदेशमा बसेका दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

रवि लामिछानेले चाहने हो भने दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली

काठमाडौं- जेन-जी आन्दोलनपछि सरिताश्री ज्ञवालीलाई सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र

वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड

रामल्लाह- कब्जामा रहेको वेस्ट बैङ्कको एक गाउँस्थित मस्जिदमा आगजनी तथा तोडफोड

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार