गण्डकी प्रदेशमा थप ३२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

गण्डकी प्रदेशमा थप ३२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि

गण्डकीमा संक्रमितको संख्या १ हजार ६३ पुग्यो


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।

शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) १९ जना,  तनहुँमा ९, पर्वतमा ३ र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमित संख्या १ हजार ६३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित ४ महिला छन् भने बाँकी १ बालकसहित २८ जना पुरूष छन् ।

भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) कावासोतीका १९ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरूष र २३ देखि ४० वर्षका ३ जना महिला छन् ।

यस्तै मध्यविन्दुका १० वर्षीय बालक, २४, २८ र ३३ वर्षका पुरूष तथा ३० वर्षीया महिला पनि  संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँको भिमादका वर्ष २२ र ३४ का २ पुरूष तथा ऋषिङका २३ देखि ४७ वर्ष उमेर समूहका ७ जना पुरूष पनि संक्रमित भएको निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

शर्माका अनुसार पर्वतको बिहादी, फलेवास र पैयुँका ३ जना पुरूष संक्रमित भएका छन् भने बाग्लुङको जैमिनीका २१ वर्ष पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ५४ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग