चर्चित भारतीय कोरियोग्राफर सरोज खानको निधन « Khabarhub

चर्चित भारतीय कोरियोग्राफर सरोज खानको निधन


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतकी लोकप्रिय कोरियोग्राफर सरोज खानको निधन भएको छ । ७१ वर्षीया खानको शुक्रवार हृदयाघातका कारण निधन भएको हो ।

केही दिनदेखि सास फेर्न गाह्रो हुने समस्या देखिएपछि उनलाई मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा उपचार गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सरोजले करीब २ हजार फिल्ममा कोरियोग्राफी गरेकी छिन् । बलिउडका अधिकांश अभिनेत्रीलाई उनले नृत्य सिकाएकी थिइन् । उनले श्रीदेवी र माधुरी दीक्षितलाई पनि नृत्य सिकाएकी थिइन् ।

४० वर्षको आफ्नो करिअरमा सरोजले अवार्डसमेत जितेकी छिन् । उनले ३ राष्ट्रिय अवार्ड पनि जितेकी थिइन् ।

सरोजले पहिलोपटक सन् १९७४ मा ‘गीता मेरा नाम’ बाट आफ्नो करिअर थालेकी थिइन् । सरोजले पछिल्लो समय ‘कणिकर्णिका’ र ‘कलंक’ मा कोरियोग्राफी गरेकी थिइन् ।

उनका पतिसहित एक छोरा र दुई छोरी छन् । बलिउडकर्मीले सरोजको निधनको खबरपछि श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ३८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने