चितवनमा एक युवकको शंकास्पद मृत्यु « Khabarhub

चितवनमा एक युवकको शंकास्पद मृत्यु


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शङ्कास्पद शव फेला परेको छ ।

बिहीबार राति करिब ११:३५ बजे भरतपुर महानगरपालिका–२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बारीमा खनाल अचेत अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

उनलाई प्रहरीले अस्पताल ल्याएलगत्तै मृत घोषणा गरिएको थियो । उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

खनालको मृत्यु शङ्कास्पद देखिएकाले थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : ५५ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही