भक्तपुरमा प्रधानमन्त्री ओलीका पक्षमा प्रदर्शन « Khabarhub

भक्तपुरमा प्रधानमन्त्री ओलीका पक्षमा प्रदर्शन


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन गरिएको छ । शुक्रवार भक्तपुरको सूर्यविनायकमा स्वतन्त्र नागरिकका नाममा जनप्रदर्शन भन्दै प्रदर्शन गरिएको हो ।

सामाजिक सञ्जालमार्फत आह्वान गरिएको प्रदर्शनमा भेला भएका नागरिकले केपी ओलीको समर्थनमा नाराबाजी गरेका थिए ।

आन्दोलनमा उत्रेका प्रदर्शनकारीले अहिले सरकार परिवर्तन गर्ने उचित समय नभएको भन्दै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न समेत चेतावनी दिएका थिए ।

प्रदर्शनकारीले विदेशी हस्तक्षेप बन्द गर, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, राजीनितिक स्थिरता कायम गर, नागरिकता विधेयक पारित गर जस्ता नारा लगाएका थिए ।

केही दिनअघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा भारत ओली सरकार ढलाउने खेलमा लागेको बताएका थिए । नेकपाको स्थायी कमिटी बैठकमा ओलीको यो विषयलाई लिएर प्रश्न उठेको थियो ।

स्थायी कमिटी बैठकमा शीर्ष नेताहरूले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीको राजीनामा मागेका थिए । तर, ओलीले भने राजनीमा नदिने अडान लिएका छन् ।

यतिबेला प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भइरहेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  २ : ३१ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील