भक्तपुरमा प्रधानमन्त्री ओलीका पक्षमा प्रदर्शन « Khabarhub

भक्तपुरमा प्रधानमन्त्री ओलीका पक्षमा प्रदर्शन


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन गरिएको छ । शुक्रवार भक्तपुरको सूर्यविनायकमा स्वतन्त्र नागरिकका नाममा जनप्रदर्शन भन्दै प्रदर्शन गरिएको हो ।

सामाजिक सञ्जालमार्फत आह्वान गरिएको प्रदर्शनमा भेला भएका नागरिकले केपी ओलीको समर्थनमा नाराबाजी गरेका थिए ।

आन्दोलनमा उत्रेका प्रदर्शनकारीले अहिले सरकार परिवर्तन गर्ने उचित समय नभएको भन्दै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न समेत चेतावनी दिएका थिए ।

प्रदर्शनकारीले विदेशी हस्तक्षेप बन्द गर, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, राजीनितिक स्थिरता कायम गर, नागरिकता विधेयक पारित गर जस्ता नारा लगाएका थिए ।

केही दिनअघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा भारत ओली सरकार ढलाउने खेलमा लागेको बताएका थिए । नेकपाको स्थायी कमिटी बैठकमा ओलीको यो विषयलाई लिएर प्रश्न उठेको थियो ।

स्थायी कमिटी बैठकमा शीर्ष नेताहरूले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीको राजीनामा मागेका थिए । तर, ओलीले भने राजनीमा नदिने अडान लिएका छन् ।

यतिबेला प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भइरहेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  २ : ३१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको