पीसीआर मेसिन किन्न रकम हस्तानान्तरण « Khabarhub

पीसीआर मेसिन किन्न रकम हस्तानान्तरण


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड१९)बाट आक्रान्त सुदुरपश्चिम प्रदेशको डडेलधुरामा पीसीआर मेसिन किन्न संकलित रकम हस्तान्तरण गरिएको छ।

राजधानीमा शुक्रबार एक कार्यक्रम गरी मेसिन किन्न काठमाडौंमा संकलित रकम अभियानका संयोजक अमरबहादुर शाहीलाई हस्तान्तरण गरिएको हो।

राजधानीमा संयोजक शाहीको नेतृत्वमा ओलम्पियन दिपक बिष्ट, राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटासहितको टोली रकम संकलनमा सक्रिय भएर लागेका थिए।

१ हप्ताको छोटो समयमा राजधानीमा ८ लाख १३ हजार रुपैयाँ संकलन भएको थियो। जुन संयोजक शाहीलाई हस्तान्तरण गरिएको छ।

डडेलधुरामा पीसीआर मेसिन पुगिसकेको र आजदेखि ट्रायलसमेत सुरु भएको र आइतबारदेखि सुचारु हुने अभियानका संयोजक शाहीले बताएका छन्।

मेसिन किन्न आवश्यक पर्ने ९६ लाख संकलन भइसकेका बताइएको छ। `अहिलेसम्म ह्युम्यानिटी फाउन्डेसनको खातामा ७४ लाख १५ हजार जम्मा भइसकेको छ। रकम उपलब्ध गराउने वचनवद्वतासहित अहिलेसम्म १ करोड २० लाख पुगिसकेको छ,’ संयोजक शाहीले भने ।

सुदुरपश्चिमका नागरिक समाज र हयुम्यानीटी फाउण्डेसनको संयुक्तरूपमा अभियान सञ्चालन गरिएको थियो। अभियानबाट आएको रकम फाउन्डेसनको खातामा जम्मा गरिएको छ।

मेसिन किन्न आवश्यक रकम संकलन भइसकेको हुँदा अभियानको समापन गरिएको अभियानका संयोजक अमरबहादुर शाहीले बताए ।

‘पीसीआर मेसिन नभएर समस्या भोगिरहेका बेला यो अभियान थालिएको थियो। एक मेसिन नै किन्ने पैसा उठेको छ,’ संयोजक शाहीले भने, ‘सहयोग माग्न गाह्रो थियो। दिन सक्ने अवस्था पनि थिएन। राम्रो सोच र विश्वास रह्यो भने मान्छे सधै तयार हुन्छन् भन्ने स्पष्ट पारेको छ।’

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ३ : ५१ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ