नेपालमा कोरोना संक्रमित कुन प्रदेशमा कति ? (सूचीसहित) « Khabarhub

नेपालमा कोरोना संक्रमित कुन प्रदेशमा कति ? (सूचीसहित)


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको छ ।

आज कोरोना भाइरस (कोभिड-१९) संक्रमित काठमाडौं नयाँ बानेश्वरका एक ८५ वर्षिय वृद्धको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बानेश्वर बस्ने ८५ वर्षिय वृद्धको राजधानीको एक नीजि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनामुक्त भइ निको हुनेको संख्या ६ हजार १४३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमित कहाँ कति थपिए ?

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ५ : १७ बजे

रुबीकुमारी ठाकुर : धनुषाकी कान्छी सांसदको काँधमा संसद् हाँक्ने जिम्मेवारी

काठमाडौं- धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुख हुने

उपसभामुख पदका लागि रुबीको उम्मेदवारी दर्ता

काठमाडौं– उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरको

क्लस्टर वारहेडसहित उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण

सोल- उत्तर कोरियाले पछिल्लो हतियार परीक्षणमा क्लस्टर–बम वारहेड जडित ब्यालेस्टिक

ओलीले भने : मलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगायो

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले आफूलाई पूर्वाग्रह र

श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले समानुपातिक सांसद रुवि ठाकुरलाई