अब क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण हुने « Khabarhub

अब क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण हुने


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारदेखि कोरोना परीक्षणको दायरा बढाएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना परीक्षणको दायरा बढाउँदै अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको कोरोना परीक्षण गर्ने बताएका हुन् ।

डा गौतमका अनुसार दीर्घ रोगहरु क्यान्सर, मधुमेहका बिरामीहरु, आकस्मिक सेवा लिन अस्पताल पुग्ने बिरामीहरु, आइसीयुमा भर्ना भएका बिरामीहरुको कोरोना परीक्षण गरिने छ ।

यस्तै कोरोना संक्रमणको पकेट एरियामा रहेका व्यक्तिहरु र स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण गरिने डा गौतमले जानकारी दिए ।

क्लिनीकल समन्वय समितिको छलफलबाट सरकारी, सामुदायिक र निजी अस्पतालमा बिरामीको उपचार गर्ने व्यवस्था मिलाइएको डा गौतमले जानकारी दिए।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ५ : ०४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने