विवादमा आउँदा सधै चुप हमाल ! « Khabarhub

विवादमा आउँदा सधै चुप हमाल !


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमालको व्यक्तित्वको धेरैले चर्चा गर्छन् । कोारोना भाइरसले निम्त्याएको महामारीका बेला हमाल घरमै रहे । सामाजिक सञ्जालमा पनि हमालको सक्रियता उत्तिकै रह्यो । तर, खासै चर्चा भएन ।

एक अन्तर्वार्ताका क्रममा हमाललाई ‘महानायक’ बनाइदिएको पत्रकारले हो भनेर हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाले अभिव्यक्ति दिएपछि भने हमाल पुनः चर्चामा छन् ।

हमाल महानायक हुन् या होइनन् भन्ने विषयमा सामाजिक सञ्जालमा बहस नै सिर्जना भयो । हमालका फ्यानले दीपाश्री निरौलालाई गाली गरे । कतिले ट्रोल पनि बनाए ।

त्यसपछि दीपाश्रीले सामाजिक सञ्जाल फेसबूकमार्फत फ्यानसँग माफी मागेकी छिन् । दीपाश्री विवादमा आएपछि अर्का कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

उनको स्टाटसपछि कतिले गिरीलाई ‘महानायक’ भन्दै व्यङ्ग्य गर्न थालेका छन् ।

यसैबीच हमालले शुक्रवार दुई तस्वीर शेयर गर्दै लेखेका छन् – तपाईंको जीवनको खुशी तपाईंको विचारहरुमा निर्भर गर्दछ ।

उनले थपेका छन्, ‘तपाईं आफ्नो सोचको उत्पादन हो ।’

हमालको यो भनाइलाई उनका फ्यानले दीपकराज गिरी र दीपाश्री निरौलाको अभिव्यक्तिप्रति जोडेर हेरेका छन् । धेरैले त दीपाश्रीलाई व्यङ्ग्य गर्दै यो स्टाटस लेखेको समेत अड्कल काटेका छन् ।

त्यसो त हमालको यो ‘महानायक’ को उपाधि बेलाबेलामा विवादमा आउने गर्छ । कहिलेकाहीँ महानायक राजेश हमाल कि भुवन केसी या अरु भन्नेमा पनि बहस हुने गर्छ ।

यद्यपि हमालले भने आफूले पाएको यो उपाधि विवादमा आउँदा खासै प्रतिक्रिया जनाउँदैनन् । उनी चुप रहे पनि हमाल र महानायकको उपाधिबीच बारम्बार बहस भने हुने गर्छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ३६ बजे

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ– सरकारको निर्णय अनुसार आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ

दशरथ रंगशालामा विस्थापितको भीड: नाम दर्तासँगै बाँच्ने अधिकारको लडाइँ

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजरपछि घरबारविहीन

निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा

बागलुङ– बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

काठमाडौँ– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक

बाख्रा पालनबाट स्वरोजगार

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई