बेलायत प्रवेश गर्दा ५० मुलुकका पर्यटकलाई क्वारेन्टाइनको व्यवस्था खारेज « Khabarhub

बेलायत प्रवेश गर्दा ५० मुलुकका पर्यटकलाई क्वारेन्टाइनको व्यवस्था खारेज


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटली र स्पेनसहितका ५० मुलुकसँगको अवागमनलाई थप सहज पार्दै त्यहाँबाट बेलायत आउने पर्यटकका लागि यही जुलाई १० देखि क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थाको अन्त्य गरेको बेलायत सरकारले शुक्रवार जानकारी गराएको छ । तर अमेरिकाका लागि भने यो व्यवस्थालाई निरन्तरता दिइएको छ ।

यद्यपि स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्डले भने यस विषयमा आफ्नै किसिमले निर्णय गर्ने सरकारले जनाएको छ ।

बेलायतका यातायात मन्त्री ग्र्यान्ट शेप्सले भने, ‘विदेशबाट आउने व्यक्तिका लागि दुई हप्तासम्म क्वारेन्टिनमा बस्नुपर्ने जुनमा व्यवस्था गरिएको नीतिलाई परिवर्तन गर्दै ती मुलुकबाट जुलाई १० देखि इङ्ल्याण्ड प्रवेश खुला गरिन लागेको जानकारी गराए ।’

शेप्सले भने, ‘प्रवेशका लागि खुला गरिएका ५० मुलुकहरूको विवरण शुक्रबार नै सरकारले उपलब्ध गराउनेछ ।’

सरकारले कोरोना भाइरस महामारीबीच विभिन्न मुलुकबाट आउने पर्यटकलाई ट्राफिक लाइट प्रणाली अन्तर्गत रातो, पहेँलो र हरियो रङमा विभक्त गरी सोही अनुसार जोखिम न्यूनीकरणका उपायको अवलम्वन गर्ने बताएको छ ।

हरियो र पहेँलो रङमा परेका मुलुकबाट इङ्ल्याण्ड आउँदा सेल्फ–आइसोलेसनमा बस्नु नपर्ने भएको छ भने रातोमा पर्नेलाई पूरानै नियम अर्थात् १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्नेछ ।

बेलायतभन्दा कम प्रभावित मुलुकलाई हरीयो र बढी प्रभावित तर पछिल्लो समय सङ्क्रमण नियन्त्रण उन्मुख रहेका मुलुकलाई पहेलोमा राखिने मन्त्री शेप्सले बताए ।

पहेँलोमा पर्ने मुलुकहरूमा फ्रान्स, इटाली र स्पेनलगायतलाई विदामा इङ्ल्याण्ड आउन खुला गरिएको छ । त्यहाँबाट बेलायतमा गर्मीको छुट्टी मनाउन बेलायतका विभिन्न गन्तव्यमा आउने गरेका छन् ।

तर संयुक्त राज्य अमेरिका र ग्रीसजस्ता देशबाट गर्मीको छुट्टी मनाउन बेलायतका विभिन्न गन्तव्यमा आउने गरेका भएपनि ति मुलुकबाट बेलायत आउँदा क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : ०७ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र