दिल्लीमा अलपत्र ६ नेपाली महिलाको उद्धार « Khabarhub

दिल्लीमा अलपत्र ६ नेपाली महिलाको उद्धार


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको दिल्लीमा अलपत्र ६ नेपाली महिलालाई आज उद्धार गरिएको छ ।

गत फागुन २९ गते नेपालगञ्जको नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पुर्‍याइदिने भनी भारतको परारी जोरदा भन्ने ठाउँमा पुर्‍याइएको थियो ।

शान्ति पुनःस्थापनागृहको पहलमा उनीहरुलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको छ । मोरङका चार तथा झापा र पर्वतका एकएक महिलालाई उद्धार गरिएको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए ।

महिलालाई कुवेत र इरानमा निःशुल्क पठाइदिने भनी भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा त्यहाँ रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा उद्धार गर्न सफल भएको उनको भनाइ थियो ।

ती महिलालाई प्रलोभनमा पार्नेमा एकएक महिला र पुरुष रहेको भन्ने सूचना प्राप्त भएको र थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।

उनीहरुलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो काठमाडौँ पठाइएको गृहका कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिइन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : ४९ बजे

दीपेन्द्रसिंह ऐरीले क्यानडा सुपर ६० लिग खेल्ने : भ्यानकुभरले गर्‍यो अनुबन्ध

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा

विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन ५ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६