बागलुङको गलकोटमा पहिरोले पुरिए चौपाया, घर जोखिममा | Khabarhub Khabarhub

बागलुङको गलकोटमा पहिरोले पुरिए चौपाया, घर जोखिममा


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको गलकोट नगरपालिका ११ रिघामा गएराति खसेको पहिरोले गोठ भत्किँदा चार चौपाया मरेका छन् ।

गलकोट नगरपालिका–११ रिघा, फेँदीका किसान दलबहादुर कुमालले पालेको भैँसी, गाई, गोरु र बाच्छी पहिरोमा पुरिएको वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए ।

उनका अनुसार भैँसी र गाई ब्याउने थिए । प्रहरी मुचुल्कापछि दुई लाख ४० हजार ५०० को क्षति अनुमान गरिएको वडाध्यक्ष श्रीसको भनाइ छ । गोठदेखि अलि पर रहेको घरमा भने कुनै क्षति हुन पाएन ।

सोही स्थानमा गएको अर्को पहिरोले तेजबहादुर कुमाल, डोलेन्द्र राना र चित्रबहादुर रानाको घर जोखिममा परेको जनाइएको छ ।

मध्यपहाडी लोकमार्गको माथि र तल पहिरो गएपछि त्यहाँका अन्य बासिन्दासमेत त्रसित छन् । पहिरोले लोकमार्ग पनि अवरुद्ध भएपछि डोजर लगाएर खोल्ने प्रयास भइरहेको छ ।

रिघाको तल्लोपट्टि भिरालो जमिनमा रहेका बस्ती वर्षायाममा जहिल्यै जोखिममा पर्ने गरेको वडाध्यक्ष श्रीसको भनाइ छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ९ : ०५ बजे

सदर चिडियाखानामा कालो रङको चितुवा

काठमाडौं– जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

काठमाडौं– डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा

‘झिँगेदाउ २’मा मुकुनको स्थानमा महेश, आर्यनको पनि प्रवेश

काठमाडौं – शीर्ष नायकलाई परिवर्तन गरी फिल्म ‘झिँगेदाउ २’ बन्ने

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप

भीम रावलले भने : स्वेच्छाचारी केपी ओलीलाई साथ दिएर एमालेमा नबस्नुस्

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै डा. भीम रावलले एमालेमा